काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई कूटनीतिक नियाेगका अधिकारीलाई सिधै भेट गर्न राेक लगाउने निर्णय गरेकाे छ।
पछिल्ला दिनमा विदेशी कूटनीतिक व्यक्तिलाई प्रदेशका मुख्यमन्त्री र मेयरले भेट्ने तर त्यसकाे जानकारी केन्द्र सरकारलाई नभएपछि मन्त्रालयले यस्ताे निर्णय गरेकाे हाे।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका उच्च अधिकारीहरुसँग छलफल गरेपछि मन्त्रालयले प्रदेश, स्थानीय तह र नेपालस्थित कूटनीतिक तथा विकास साझेदार एजेन्सीहरुलाई भियना सन्धि पालना गर्न नोट पठाएको छ। संविधान अनुसार विदेश नीतिको सञ्चालन केन्द्र सरकारले मात्र गर्न पाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।