काठमाडौं- काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको यात्रुबस मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित तामाखानीमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
घाइते भएका १५ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। केही घाइतेको धुलिखेल अस्पतालमा समेत उपचार भइरहेको प्रहरीले जनाएको छ।
आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट ५० फिट तल खसेको थियो। चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।