काठमाडौं- नागरिक लगानी कोषको वार्षिक साधारणसभा २०७५ वैशाख ७ मा हुने भएको छ। कम्पनीको २०७४ चैत ९ मा बसेको सञ्चालक समिति बैठकले वैशख ७ मा साधारणसभा गर्ने मिति तय गरेको हो।
साधारणसभाले कम्पनीको स्ञचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरेको २३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ।
साथै, प्रस्तावित २२ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।
साधारणसभाको प्रयोजनका लागि २०७४ चैत्र १२ देखि २२ सम्म सेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।