काठमाडौं– प्रहरी महानरीक्षक सर्वेन्द्र खनालको चीन भ्रमण स्थगित भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र आइजी खनालसहितको टोली ७ दिने चीन भ्रमणका लागि पुस २१ गते चीन जाँदै थियो ।
तर सकारले आइजी खनालको सो भ्रमण भने रोकेको छ । नेपालमा रहेर आपराधिक गतिविधि गर्दै आएका चिनियाँ नागरिक पक्राउपछि सरकारले आइजी खनालको भ्रमण रोक लगाउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
स्रोतको अनुसार उनको ठाउँ एक डिआइजीलाई चीन भ्रमणमा पठाउने तयारी सरकारले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।