काठमाडौँ- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अलैँची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैँची विकास बोर्ड स्थापना गर्ने बताएका छन्।
अलैँचीको विकासका लागि स्वायत्त निकाय स्थापनाका सम्बन्धमा यहाँ बिहीबार आयोजित अन्तर्क्रियामा उनले अलैंची विकास बोर्ड आवश्यक भएकाले मस्यौदा बनिसकेको जानकारी दिए। सो मस्यौदालाई मन्त्रिपरिषद्मा लगेर चाँडै नै बोर्ड स्थापना गराउन पहल गर्ने पनि उनले बताए।
मन्त्री खनालले अलैँची खेतीका लागि उपयुक्त जमिनको पहिचान गरी यसलाई राष्ट्रियरुपमा फैलाउनुपर्ने बताउँदै अलैँची खेतीको गुणात्मक उत्पादन बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए।
'नेपालमा ठोस नीति नभएका कारण कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ भन्ने थाहा छैन,' उनले भने, 'अब नीति बनाएर खेतीको निश्चित ठाउँ तोकिनेछ, उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि आवश्यक उपाय अपनाइनेछ।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।