• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

झन्डै सय वर्षअघि बनेका प्राचीन पोखरेली ढुंगेधारा हराउँदै

64x64
नेपाल लाइभ बिहीबार, चैत ८, २०७४  ०७:४४
1140x725

पोखरा- पोखरा र आसपासका क्षेत्रका रहेका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुन थालेका छन्। प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुंगेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादुर ताम्राकारले बताए। अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा ढुंगेधाराको संरक्षणमा बेवास्ता भइरहेको सरोकारवालाले बताएका छन्।

१९७६ साल आसपासमा पोखराका विभिन्न १२ स्थानमा राणाकालीन समयमा ढुङ्गेधारा निर्माण गरिएको उनले जानकारी दिए। तत्कालीन समयमा पोखराको बगर, विन्दवासिनी, नालाको मुख, रामकृष्ण टोल, बगालेटोल, गणेशटोल, जाल्पामाई, साँघुको मुख लगायतका १२ वटा स्थानमा ढुङ्गेधारा सञ्चालनमा आएका थिए। '१२ वटा धारा भएकै कारण यस क्षेत्रलाई तत्कालीन अवस्थामा बाह्रधारा भन्दै बालधारा भन्ने गरिएको पाइन्छ,' उनले भने।

उक्त समयमा पोखराका ढुङ्गे धारामा धारापानी (हालको पोखरा लेखनाथ महानगरपालिका–५) बाट पानी आउने गरेको उनले जानकारी दिनुभयो। पोखराका प्राचीन बस्तीमा रहेका ढुङ्गेधारा यहाँका विशिष्ट पहिचान भए पनि अधिकांश लोप भइसकेको र भएको पनि पानी नआउने अवस्थामा रहेको उनको भनाइ छ। 

पोखराको इतिहाससँग यहाँका ढङ्गेधारा पनि प्रत्यक्ष जोडिने गरेको मोहोरिया टोलका ७२ वर्षीय लक्ष्मण ध्वजु बताउँछन्। '२०४० सालपछि भने यहाँका धेरै ढङ्गेधारा लोप भइसकेका छन्,' उनले भने, 'आधुनिकता र विकासका नाममा सहरको प्राचीनतासँग जोडिएका वस्तुको पहिचान नै मेटिनु राम्रो होइन।' 

केही प्राचीन ढुङ्गेधारामा अझै पनि शिलालेख रहेका कारण निर्माणको तिथिमिति भने सहजै अनुमान गर्न सकिन्छ। पोखराको भैरवटोलस्थित एक ढुङ्गेधारामा रहेको शिलालेखमा १९६२ फागुनमा जन्म भई १९७६ असारमा परलोक भएका बाल शम्शेरको स्वर्गवास होस् भन्दै १९७७ मा धारा निर्माण सम्पन्न भएको उल्लेख छ। 

Ncell 2
Ncell 2

तत्कालीन समयमा समाजसेवाका साथै विभिन्न सन्दर्भ एवं व्यक्तिको स्मृतिमा ढुङ्गेधारा, कुवा तथा पोखरी बनाइदिने प्रचलन रहेको बुढापाका बताउँछन्। पोखराका केही ढुङ्गेधारामा विसं २०२०/२२ सम्म पानी आउने गरेको भए पनि त्यसपछि संरक्षणको अभावमा पानी आउन बन्द हुनुका साथै लोपै हुने अवस्थामा पुगेको नालाको मुखका स्थानीयवासी टेकलाल श्रेष्ठले बताए। 

ढुङ्गे धाराका साथै पोखराका धेरै पोखरी पूर्णरुपमा नै लोप भइसकेको अर्का स्थानीयवासी राजकुमार चुल्याजु बताउँछन्। 'तत्कालीन समयमा नालाको मुखका रहेको पोखरीकै कारण पोखरा नाम रहन गएको हो,' उनले भने, 'पोखरा आसपासका स्थानीयवासीले त्यही पोखरीको नाम लिँदै आउँने क्रमसँगै यस सहरको पोखरा नाम रहनगएको जनजिब्रोमा प्रचलित छ।' 

पोखराकै नामसँग प्रत्यक्ष जोडिएको नालाको मुखको पोखरी अहिले पूर्णरुपमा नै लोप भइसकेको उनले बताए। नालाको मुखको पोखरीसहित पोखरा आसपासका धारापानीस्थित खुँडे पोखरी, जयमूल पोखरी, अँधेरीकुना पोखरी, कूल बाँध पोखरी जस्ता पोखरी पूर्णरुपमा लोप भइसकेको उनको भनाइ छ। 

प्राचीन इतिहाससँग जोडिएका धारा, पोखरी, चौतारा जस्ता कुरालाई राज्यस्तरबाटै संरक्षणको पहल गर्नुपर्ने उनले बताए।रासस

प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा शनिबार, फागुन २, २०८२
एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्