• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मैदानमा व्यग्रता : एउटा मौकामा सुवास र अमृत

64x64
ऋग्वेद शर्मा बुधबार, पुस ९, २०७६  ०८:१६
1140x725

पोखरा- क्रिकेट खेलिरहन पाउँ। सबै खेलाडीको जस्तै हो, अमृत भट्टराई र सुवास खकुरेलको सोच पनि। खेल्न पाएपछि आउने अरु सोचहरु त छँदै छन्। जस्तो कि, अब राष्ट्रिय टिमबाट फेरि खेल्न पाए कस्तो हुँदो हो भन्ने इच्छा र त्यसका लागि मेहनत। 

अमृत र सुवास नेपाली क्रिकेटमा चिनाउनुपर्ने नाम होइन। कुनै समयका स्टार यी खेलाडी अहिले राष्ट्रिय टिमबाट पर छन्। नेपालले पाएका उपलब्धीहरुमा ‘आफू पनि साथै रहन पाए’ भन्ने सोचका साथ। चोटका कारण अमृत गएको चार वर्षदेखि नेपाली क्रिकेटदेखि पर थिए भने सुवासले पनि चोट भोगेरै पर हुनुपरेको झण्डै डेढ वर्ष भयो।

...२०१२ को सेप्टेम्बर ७ को दिन, मलेसियाको क्वालालम्पुरमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरको खेलमा अमेरिकाविरुद्ध सुवास खकुरेलले शतक बनाएको प्रत्यक्ष साक्षी हुन्, अमृत भट्टराई। त्यहिँ पहिलो खेलमा सिंगापुरविरुद्ध अमृतले लिएको चार विकेट पनि सुवासले मैदानबाटै नियालेका हुन्। 

त्यो प्रतियोगितामा अमृतको बल र सुवासको ब्याट दुवै चल्यो। सुवासले ६ इनिङमा २ सय ८ रन हानेका थिए। जुन प्रतियोगितामा नेपाली ब्याट्सम्यानको सबैभन्दा धेरै र समग्रमा सर्वाधिक रनको तेस्रो क्रम थियो। ५ इनिङमा ७ विकेट लिएका अमृतले निकै राम्रो ३.४१ को इकोनोमीमा बलिङ गरेका थिए।  

यसपटक यी दुवै फेरि एकपटक उसैगरी एकअर्काको खेलको साक्षी बनेका छन्, दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा। एउटै टिम काठमाडौं गोल्डेन वारियर्समार्फत। 

दुवैले प्लेइङ ११ मा मौका पाएको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्स पोखरा पल्टनसँग ९ विकेटले हार्न पुग्यो। ओपनिङ ब्याटिङमा आएका सुवासले १२ बल खेलेर ६ रन मात्रै बनाउन सके। १ ओभर बलिङ गरेका अमृतले ९ रन खर्चिए। 

दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा हार्दा अमृतले खेल्ने मौका पाएनन्। ब्याटिङमा २२ बलमा १५ रन हानेका सुवास रनआउट हुन पुगेका थिए। 

Ncell 2
Ncell 2

त्यसपछिका तीन खेलमा अमृतले मैदान उत्रने मौका पाए भने सुवास बाहिर नै रहे। 

तेस्रो खेलमा धनगढीलाई १ सय ६ रनले हराउँदा २ ओभर बलिङ गरेका अमृतले ९ रन दिएर १ विकेट लिए। विराटनगर वारियर्सलाई ३६ रनले हराएको चौथो खेलमा ३ ओभर बलिङ गरेका अमृतले ८ रन मात्रै दिएर १ विकेट लिए। लिग चरणको अन्तिम खेलमा चितवनसँग ६० रनले हार्दा अमृतले ३ ओभर बलिङ गरेर बिना विकेट १६ रन खर्चिए।

पछिल्लो तीन खेलमा मौका नपाए पनि मैदान बाहिरबाट नै सुवासले अमृतलाई दिएको साथ हेर्नलायक थियो। अमृतको हरेक ओभरपछि बाउन्ड्री लाइनमा सुवाससँग केही कुराकानी भएकै हुन्थ्यो। सुवाससँग सामान्य कुराकानीसँगै अमृत पानी पिएर फेरि खेलमा फर्कंदै थिए। मैदानमा आफू नभएको बेचैनी र केही गरौँ भन्ने व्यग्रता सुवासको व्यवहारमा झल्कन्थ्यो। 

हुन पनि राष्ट्रिय टिमका पछिल्ला उपलब्धीमा जोडिन नपाएका यी दुई खेलाडीले नेपाली क्रिकेटलाई अघि बढाउन गरेको योगदान महत्वपूर्ण छ। 

अमृतबारे केही,
सन् २००६ मा एसिसी प्रिमियर लिगमा राष्ट्रिय टिममा रहेका अमृतले २००८ को आइसिसी विश्व क्रिकेट लिग डिभिजन फाइभमा त अमेरिकाविरुद्धको खेलमा राम्रो उपस्थिति देखाएका थिए। तर पनि उनले अर्को खेलका लागि दुई वर्ष पर्खिनुप¥यो। 

सन् २०१० मा एसिसी ट्रफी र डिभिजन फोरमा अमृतले राष्ट्रिय टिममा आफ्नो खुबी देखाए। डिभिजिन फोरमा त उनले ६ इनिङमा १२ विकेट नै लिएका थिए। त्यही प्रतियोगितापछि उनले राष्ट्रिय टिममा आफ्नो स्थानका लागि संघर्ष गर्नुपरेन। 

२०११ को एसिसी ट्वान्टी ट्वान्टी कपमा युएईविरुद्ध तीन विकेट, २०१२ को डिभिजन फोरमा सिंगापुरविरुद्धको चार विकेट र २०१२ कै एसिसी ट्रफीमा हङकङविरुद्ध तीन विकेट अमृतको सम्झनलायक खेलहरुमा पर्छन्। 

उनले २०१३ मा एसिसी इमर्जिङ टिम्स कप र २०१४ मा भएको विश्वकप छनोटका खेलहरु भने गुमाए। २०१४ को आइसिसी विश्व ट्वान्टी ट्वान्टी प्रतियोगितामा अन्तिम समयमा पृथु बास्कोटा घाइते भएर टिमबाट बाहिरिनु परेपछि अमृतले स्थान पाएका थिए। तर त्यसमा उनले एउटै खेल पनि खेल्न भने पाएका थिएनन्। 

अमृतले २०१४ मा नै आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा पुनः राष्ट्रिय टिममा मौका पाएका थिए। जहाँ उनले चार खेलमा चार विकेट लिए। 

उमेरसमूहका प्रतियोगितामा त उनले २००६ र २००८ मा खेलेको यु१९ विश्वकप क्रिकेट त अझ धेरैको सम्झनामा हुनुपर्छ। 

सुवासका कुरा, 
सुवास नेपाली क्रिकेटले डिभिजन फाइभदेखि एकदिवसीय मान्यतासम्मको यात्रा गर्दासम्म क्रिकेटकै वरिपरि छन्। 

सन् २०१० मा नेपालले डिभिजन फाइभमा प्रतिस्पर्धा गर्नुअघिको अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध ३४ बलमा नै ५३ रन हानेका थिए। तर, उनी डिभिजन फाइभ खेल्ने टिममा भने थिएनन्। त्यसबेला अमेरिकी टिमका प्रशिक्षक क्लेटन ल्यामबर्टले सुवास टिममा नभएकोमा आश्चर्य मान्दै भनेका थिए– ‘अब राष्ट्रिय टिममा स्थान बनाउन उनले लामो समय कुनुपर्ने छैन।’ 

सन् २०११ मा आइसिसी यु१९ विश्वकप छनोटमा अफगानिस्तानविरुद्ध उत्कृष्ट अर्धशतक हानेका सुवास धेरैको नजरमा परेका थिए। २०११ मा एसिसी ट्वान्टी ट्वान्टी कपमा राष्ट्रिय टिममा आएका सुवासले २०१२ को डिभिजन फोरपछि त आफ्नो स्तर प्रष्ट पारे। त्यसबेला उनले अमेरिकाविरुद्ध १४२ बलमा हानेको १ सय १५ रन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा बनाएको चौथो शतक मात्रै थियो। त्यसै प्रतियोगिताको फाइनलमा अमेरिकाविरुद्ध हानेको अविजित ४० रन पनि निकै महत्वपूर्ण रह्यो। 

सन् २०१२ मा एसिसी ट्रफी फाइनलमा युएईविरुद्ध हानेको अर्धशतक, २०१३ मा एसिसी इमर्जिङ टिम्स कपमा पाकिस्तान यु२३ विरुद्ध हानेको ७८ रन, २०१३ मा आइसिसी विश्व ट्वान्टी ट्वान्टीमा केन्याविरुद्ध हानेको अर्धशतक, २०१४ को एसिसी प्रिमियर लिगमा युएईविरुद्ध हानेको ७१ रन सुवासले नेपाली टिमका लागि जितको आधार बनाउन सक्ने केही प्रमाणहरु हुन्। 

सन् २०१४ मा विश्वकप छनोट प्रतियोगिताअघि ज्वरो आएर अन्तिम समयमा टिमबाट बाहिर रहेका सुवासले २०१३ मा आइसिसी विश्व ट्वान्टी ट्वान्टी छनोटमा सर्वाधिक २ सय ३४ रन बनाएका थिए। 

अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अर्धशतक हान्ने पहिलो नेपाली ब्याट्सम्यान सुवासले २०१४ को आइसिसी विश्व टी ट्वान्टीमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए। सन् २०१४ को डिभिजन थ्रीमा अमेरिकाविरुद्ध ४९ रन बनाएका उनले प्रतियोगिताभर १ सय १२ रन हानेका थिए।

सन् २०१२ मा आइसिसी यु१९ विश्वकपमा इंग्ल्याण्डविरुद्ध बनाएको अर्धशतकको त पाकिस्तानी लिजेन्ड क्रिकेटर वासिम अक्रमदेखि धेरैले तारिफ गरेका थिए। 

सुवासले २०१८ को अगस्टमा नेदरल्याण्ड्सविरुद्ध नेपालबाट एकदिवसीय डेब्यू पनि गरे। २०१८ को सेप्टेम्बरमा एसीसी एसिया कप छनोटपछि भने उनी घाइते हुनाले टिमबाहिर रहे। 

पिपिएल एक मौका,
पिपिएलमा टिममा परेदेखि नै सुवास र अमृतले यसलाई एउटा मौकाका रुपमा लिएका थिए। मुख्य कुरा क्रिकेट खेल्न पाउने खुसी र अर्को राम्रो प्रदर्शन गरेर देखाउने एक अवसर। जसमा लिग चरणमा सुवासले दुई खेलमा मौका पाए भने अमृतले चार खेलमा। सुवासले सोचेजस्तो अवसर नपाए पनि अमृतले पाएको अवसरलाई राम्रै प्रयोग गर्न सकेका छन्।

राष्ट्रिय टिमका समेत कप्तान रहेका काठमाडौं गोल्डेनका कप्तान ज्ञानेन्द्र मल्ल पनि अमृतको प्रदर्शन पिपिएलमा राम्रो नै रहेको बताउँछन्। ‘अमृतको खेल राम्रो भइरहेको छ, उसले जस्तो खाले बलिङ सुरुवात दिइरहेको छ त्यो राम्रो हो। टिमअनुसार उनको प्रदर्शन सन्तोषजनक हो’ ज्ञानेन्द्रले भने। 

के भन्छन् अमृत? 
धेरै समय पछि नेपालमा क्रिकेट खेल्न पाउँछु भनेर ढेड महिना अगाडि थाहा पाएदेखि उत्साहित थिएँ। अस्ट्रेलियामा हुँदा पनि पछिल्लो समय क्रिकेट खेल्न थालेको थिएँ। नेपालको माटोमा खेल्न पाउँदा खुसी त बढी भइनै हाल्छ। त्यसमा पनि आफैसँग खेल्ने बेलाको चार–पाँच जना साथीहरु सँगै खेल्न पाउँदा रमाइलो लागेको छ। 

नेपाल अहिले त एकदिवसीय खेल्ने देश भइसकेको छ। एकदिवसीय देशमा आएर घरेलु क्रिकेट खेल्नु पनि राम्रो कुरा हो। धेरै नै उत्साहित थिएँ। 

राष्ट्रिय टिममा नै पर्नका लागि त प्रतिस्पर्धा निकै नै छ। नेपाल टिममा नै हेर्ने हो भने व्यक्तिगत रुपमा खेलाडीको हुनुपर्ने जस्तो प्रदर्शन भइरहेको त देखिँदैन। नेपाल एकदिवसीय देश हो, एउटा कुनै प्रतियोगितामा राम्रो गर्न सक्दैमा राष्ट्रिय टिममा पर्ने भन्ने त हुँदैन तर मैले पाएको अवसरमा राम्रो गरेँ भने त फर्कने अवसर हुनसक्छ नै।

अस्ट्रेलिया जानुको कारण चाहिँ मेरो गोलिगाँठामा चोट लागेर हो। चोटपछि मैले रिह्याब गरेर कमब्याक गरेको थिएँ, तर २०१५ मा फेरि नामिबिया जानुअघि नै चोट लाग्यो। नामिबिया चोटकै बाबजुद पनि गएँ तर फर्केर आएपछि कमब्याक हुन अझ एक वर्ष लाग्छ भन्ने कुरा भयो। त्यसैले श्रीमती दुई वर्षदेखि अस्ट्रेलियामा भएकाले म उतै गएँ। 

अब विदेशमा गएपछि पारिवारिक कुराहरुले तुरुन्तै फर्कन समस्या भयो। दुई वर्ष उता बसेपछि उपचारको लागि फेरि पनि नेपालमा नै आएको थिएँ। उपचार गरेर फर्किएपछि क्रिकेट पनि सुरु गर्न थालेको थिएँ। तर अस्ट्रेलियामा बाहिरबाट गएर बस्नेहरुका लागि नियमहरु पनि परिवर्तन भइदियो, त्यसले क्रिकेट अझ पछाडि धकेलियो। पछिल्लो तीन महिनादेखि भने अभ्यास गर्दै थिएँ। अरु समय त श्रीमती पढ्ने आफू काम गर्ने त्यसरी नै चलिरहेको थियो। 

अस्ट्रेलियामा खेल्दाको मैदान र अरु सुविधाहरु पनि भिन्न रहेको बुझेँ। यहाँ धेरै टि ट्वान्टी प्रतियोगिताहरु हुन्छन् भने उता अलि लामो क्रिकेटहरु भइरहेका हुन्छन्। 

चार वर्ष त क्रिकेट छाडेको जस्तो नै भयो। यो समयमा नेपालमा धेरै परिवर्तन आएको देखेँ। पिपिएलमा नै पनि सिनियर खेलाडीहरु र जुनियर खेलाडीहरुमा धेरै फरक देखिनँ। पहिले त सिनियर खेलाडीसँग खेल्दा डर नै हुन्थ्यो, अहिले नयाँ भाइहरुले नडराइकन खेलेको देखेँ। यो राम्रो कुरा हो। क्रिकेट खेल्ने हो, विपक्षी को छ भन्ने सोच्नु हुँदैन। पिपिएलमा मैले आफैले पनि राम्रो गर्न अझ धेरै कुरामा विचार गर्नुपर्छ भनेर सिकेको छु। 

म विदेशमा भएको बेलामा नेपाल टिमको खेल हुँदा पहिले पहिले त निकै गाह्रो महसुस पनि हुन्थ्यो। आफू कता छु नेपाली टिम कता छ भन्ने सोचहरु आउँथ्यो। किनभने आठ वर्ष लगातार खेलेर छाडेको थिएँ। 

सुरुमा नेपालले एकदिवसीय मान्यता पाउँदा त धेरै नै खुसी लाग्यो। आँसु नै झरेको थियो। पारसहरु सबैलाई म्यासेज पनि गरेको थिएँ। करण केसीले क्यानडाविरुद्ध खेलेको देखेर निकै खुसी लागेको थियो। आफू मैदानमा नै हुन पाएको भए कस्तो हुन्थ्यो होला जस्तो लागेको थियो। क्रिकेटबाट नै टाढा त कहिल्यै पनि हुन सकेको छैन। 

सोमपाल करणहरुसँग राम्रो खुबी छ तर प्रदर्शन तुलना गरेर हेर्ने हो भने चित्तबुझ्दो नै चाहिँ छैन। केही वर्षलाई हेर्दा राम्रै रन खाइरहेको देखिन्छ। मैले गरेँ भने राम्रो गर्न सक्छु भन्ने छ, तर मैले नेपाल टिम अहिले नै सोचिसकेको छैन। क्रिकेट खेल्दै जाँदा अवसरहरु आउँदै जान्छ भन्ने लाग्छ। पिपिएलमा म आएको बिदा मनाउन होइन, क्रिकेटकै लागि हो। सोचेको जस्तो भयो भने राम्रो नै हुन्छ।

नेपालका लागि एकदिवसीय टिमको जर्सी लगाउन पाउनु त ठूलो कुरा हो। म त्यसको लागि नै फिल्डमा फर्किएको हो। सक्छु भन्ने पनि लागेको छ। 

के भन्छन् सुवास? 
जो खेलाडीको पनि सपना राष्ट्रिय टिमबाट खेल्ने भन्ने नै हुन्छ। मैले अहिले त्यो सोेचेको त छैन, त्यो अलि टाढाको सपना हो। अहिले जति पनि लिग खेल्न पाउँछु त्यसमा राम्रो गर्नुपर्छ भन्ने छ। जुन टिमबाट खेल्छु त्यसमा राम्रो खेल्ने प्रयास गरिरहने छु। 

मलाई क्रिकेटबाहेक अरु आउँदै आउँदैन। पढ्ने बेलामा क्रिकेट खेलियो, काम गर्ने बेलामा क्रिकेट खेलियो। त्यो बाहेक अरु केही गरेको छैन नि त। त्यसैले क्रिकेटबाट टाढा रहन सक्दिनँ। घाइते भएर फिटनेसको समस्याले गर्दा पनि बाहिर बस्नु परिरहेको थियो अब त खेल्न सक्ने भएको छु। आश छ अब राम्रो गर्नेछु। अब सपना भनेको त नेपालको लागि फेरि खेल्ने नै हो। 

नेपाली क्रिकेटकोे स्तर पनि अहिले माथि उठेको छ। आफूले खेल्न नसकेको समयमा पनि बाहिरबाट राम्ररी हेरिरहेको छु। खेलमा धेरै सुधार भएको छ। पहिले २०–२५ जनाबाट खेलाडी छनोट गर्नुपर्ने हुन्थ्यो भने अहिले ३५–४० जनाबाट खेलाडीहरु छानिइरहेका छन्। 

पहिले नयाँ आउने खेलाडीको पनि ब्याटिङ राम्रो हुँदैनथ्यो, अहिले अन्तर्राष्ट्रिय स्तरमा उति नभए पनि घरेलु प्रतियोगितामा नयाँ आउने खेलाडीको ब्याटिङ धेरै राम्रो भइरहेको देख्न सकिन्छ, जसले गर्दा घाइते भएर होस् या अरु कारणले बाहिर परेका सिनियर खेलाडीलाई टिममा फर्कन सजिलो छैन, चुनौती निकै छ। हुन त हरेक खेलाडीलाई त्यो चुनौती प्रेरणा पनि हो, राम्रो गरेको खण्डमा टिममा पर्ने सम्भावना त हुन्छ नै। 

कुनै पनि लिग खेल्दा मैले राम्रो गरेँ भने त्यसले टिमलाई फाइदा त हुन्छ नै राष्ट्रिय टिममा पुगेँ भने त्यसमा पनि राम्रो नै हुन्छ। जहिले पनि खेलाडीको सोच भनेको सुधार गर्ने नै हो। आजभन्दा भोलि अलि सुधार भइरहाल्छ। 

नेपालकोे ओपनिङ ब्याटिङमा यो बीचमा धेरै प्रयोगहरु पनि भए। धेरै प्रयोगहरु हुनुमा नेपालले चाहेको जस्तो ओपनर नपाएकैले होला। ज्ञानेन्द्र, पारस, बिनोद, कुशल, इशानले पनि ओपनिङमा ब्याटिङ गरे। अब त्यो जरुरी पनि थियो। नयाँ खेलाडीलाई प्रयोग गर्दा एउटा आत्मविश्वास पनि आउँछ। एक–डेढ वर्षमा अब त्यो राम्रो ओपनिङ पनि देख्न पाइन्छ होला भन्ने लाग्छ। मेहनत गरेपछि एक दिन त्यसले केही न केही त दिइ नै हाल्छ।

अहिले नेपालको क्रिकेट राम्रो छ। उपलब्धीहरु पाउँदै गएको छ, त्यसले खुसी पनि लाग्छ। अब दुई वर्षमा नेपाल टिमले राम्रो गर्न सकेको खण्डमा अझ अगाडि पुग्न सकिन्छ भन्ने लाग्छ। एकदिवसीय मान्यतालाई बचाएर अगाडि बढ्न सके पछि अझ राम्रो हुनेछ। 

आफू खेल्न नपाएको दुःखभन्दा अरु बाँकी त सबै कुरामा खुसी नै छु। नयाँ खेलाडीहरु पनि राम्रो आएका छन्, नेपाली टिमले दिएको नयाँ अवसरमा नयाँ खेलाडीले अझ राम्रो गर्नेछन् भन्ने लाग्छ। 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्