हुम्ला– गएरातिदेखि हुम्लामा एक्कासि हिमपात भएको छ। बिहानसम्म पनि जारी हिमपातले गर्दा चिसो बढेको छ।
हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाई सेवा समेत बन्द भएको छ। हिमपात भएपछि यहाँका कृषक बालीनाली सप्रने आशामा दंग छन्।
आजैदेखि सुरु भएको एसइइ परिक्षा दिने विद्यार्थाीहरुलाई भने हिमपातले गर्दा परिक्षा केन्द्रमा पुग्न तथा लेख्नका लागि असहज भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।