पर्सा– पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा चालू आवको ८ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो।
आव २०७३÷७४को साउनदेखि फागुनसम्ममा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट ५ हजार २ सय ४६ जनालाई राहदानी वितरण गरिएको थियो। तर चालू आवको सोही अवधिमा कार्यालयबाट ४ हजार ४ सय ५४ जनालाई राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ।
गत आवको तुलनामा चालू आवको आठ महिनामा ७ सय ९२ (१५ दशमलब १प्रतिशत) राहदानी कम वितरण भएको कार्यालयका प्रशासकीय अधिकृत एवं राहदानी शाखा प्रमुख सदनकुमार कर्णले जानकारी दिए।
उनले गत आवमा साधारणतर्फबाट ३ हजार ३ सय ५३ र दु्रत सेवाबाट १ हजार १ सय १ जनालाई राहदानी वितरण गरिएको बताए।
त्यस्तै गत वर्षको तुलनामा चालू आवमा १३ दशमलब २ प्रतिशत कम राजश्व संकलन भएकोे छ। गत वर्ष कार्यालयले ३ करोड १९ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेकामा चालू आवमा २ करोड ७७ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।