काठमाडौं- मन्त्रिपरिषदले प्रधानमन्त्रीको सचिवालयका सदस्यको संख्या कटौती गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्चमा कटौती गरी आर्थिक मितव्ययिता अपनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य घटाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयमा यसअघि ४७ जनासम्म सदस्य रहने गरेकोमा घटाएर २८ जना कायम गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
राजनीतिक दलका कार्यकर्ताको व्यवस्थापनका लागि भन्दै यसअघिका प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदै आएका छन्। सचिवालयका सदस्यको तलब-सुविधामा राज्य कोषबाट करोडौं रकम खर्च हुँदै आएको थियो । त्यस्तै, प्रधानमन्त्रीले सरकारलाई सुझाव दिन ५ समिति बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति निर्माण गर्ने निर्णय गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।