याङ्गुन– म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपतिको कार्यालयका एक अधिकारीकाअनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ ।
बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
म्यानमारको राष्ट्रपति कार्यालयका एक जना निर्देशक उ चा तेले बढीमा सात दिन भित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए।
त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नु हुने जनाइएको छ।
म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए। उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।