मेरिल्यान्ड– अमेरिकाको मेरिल्यान्डस्थित ग्रेट मिल्स हाइ स्कुलमा २ विद्यार्थाीमाथि गोली प्रहार भएको छ। गोली प्रहार गर्ने युवकको भने विद्यालयका सुरक्षा गाडसँगको झडपका क्रममा मृत्यु भएको छ।
सोहि विद्यालयका १७ वर्षीय विद्यार्थी अस्टिन याट रोलिन्सले १६ वर्षीय छात्रा जेइलिन वेली र १४ वर्षीय एक छात्रलाई गोली हानेका हुन्। गोली प्रहारबाट घाइते भएका दुवै विद्यार्थीमध्ये छात्राको अवस्था गम्भीर छ।
वेली र गोली हान्ने रोलिन्स केहि समय पहिले प्रेम सम्बन्धमा रहेको विद्यालयका सुरक्षा गार्ड टिम क्यामेरोनले बताए।
मंगलबार बिहान विद्यालयमा पठनपाठन सुरु हुनु केहि समयअघि मात्रै सो घटना भएको हो। गोली प्रहारपछि हातियारधारी सुरक्षा गार्ड ब्लाइन गास्किलसँगको मुडभेडमा रोलिन्सको मृत्यु भएको थियो।
रोलिन्सले आफैले गोली चलाएका हुन् वा सुरक्षा गार्डको गोली प्रहारबाट उनको मृत्यु भएको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुडभेडमा सुरक्षा गार्ड गास्किल भने घाइते नभएको बताइएको छ।

गाेली लागेर घइते भएकी छात्रा जेइलिन वेली
क्यामेरोनका अनुसार विद्यालयको मुख्य हलअगाडि नै गोली प्रहार भएको थियो। रोलिन्सले पहिले छात्रालाई गोली प्रहार गरेको र त्यसपछि छात्रलाई निशाना बनाएको क्यामेरोनले बताए।
उनले भने,‘विद्यालयका स्रोत अधिकृतले चनाखो रहन भन्नुभयो। गास्किलले ती युवकलाई समाउन खोजे। युवकले गास्किल माथि नै गोली चलाउन थाले। त्यसपछि दोहोरो फायरिङ सुरु भएको थियो।’
गोली प्रहार भएको विद्यालय राजधानी वासिंगन डिसीबाट १ सय ४ किलोमिटर दक्षिणपूर्वमा पर्दछ। सो विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गर्दछन्।
एक महिलाअघि मात्रै फ्लोरिडाको पार्कल्यान्डमा एक युवकले विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा १७ जना मारिएका थिए। विद्यालयमा गोली प्रहारका घटनामा वृद्धि हुन थालेपछि विद्यार्थीहरुले बालबालिकालाई बन्दुक प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै प्रदर्शन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।