काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ छिमेकी मुलुक चीनको चेन्दुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा भएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि राजदूत लिलामणी पौडेल, चेन्दुस्थित लेसान नगरपालिकाका उपमेयर लियो के क्वान र टूर अपेटर तथा मिडियाकर्मीलाई स्वागत गर्दै नेपालको पर्यटनको बारेमा चर्चा गरिएको थियो। संघकी अध्यक्ष सृजना राणाले छिमेकी मुलुकमा आयोजना गरिएको यस कार्यक्रमले दुई देशबीचको पर्यटनमा टेवा पुग्ने बताएकी छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।