काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी र न्यारोबडी जहाजले कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने भएको छ।
जहाजको रिडुज्ड भर्टिकल सेपरेशन मिनीमा तथा इलेक्ट्रिक लाइट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएसगै भिजिबिलिटीमा अवतरण गर्ने सक्ने भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
योसँगै मौसम खराबी भएको बेला आकाशमा जहाज होल्ड गर्नुपर्ने समस्या कम हुने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।
ए ३२० को अप्रेसन स्पेसिफिकेसनमा स्टाण्डर्ड क्याटोगोरी २ एप्रोभल तथा ए ३२० रिडुज्ड नेभिगेसन पर्फमेन्स- एथोराइजेसन रिक्वायड अपरेसन्सको इन्ट्रीम एथोराइजेसन निगमलाई प्राप्त भएको हो।
साधारणतया विमानहरु आइएफ आर (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम क्याटोगोरी) मा अवतरण गर्छन्। सोअनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा २०० फिट एभोब ग्राउण्ड लेभलमा ल्याण्ड गर्ने वा गो एराउण्ड गर्ने निर्णय लिनुपर्ने हुन्छ।
सोही आप्रोन गर्न ५ सय ५० मिटर भिजिविलिटिको आवश्यकता पर्दछ। तर, क्याट २ एथोराइजेसन प्राप्त गरे पश्चात निर्णय गर्ने उचाई १०० फिटमा घट्ने छ।
यसले गर्दा कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्ने क्षमता हुन्छ। काठमाडौंको हकमा एथोराइजेसन रिक्वायर्ड तथा अन्य अन्तर्राष्ट्रिय उडानहरुमा स्टाण्डर्ड क्याटोगोरी २ को उपयोग गर्दै निगमको उडानहरु अझै बढी नियमित तथा समयमा नै संचालन हुने निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।