काठमाडौं– चालू आर्थिक वर्षको पछिल्लो ७ महिनामा वैदेशिक रोजगारमा जानेको संख्या घटेको छ। श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या ४ दशमलव ९ प्रतिशतले घटेको हो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनासम्म २ लाख १७ हजार २५ जनाले श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको यही अवधिसम्ममा २ लाख २८ हजार १ सय २९ ले स्वीकृति लिएका थिए।
पुनः श्रम स्वीकृति लिनेको संख्यामा पनि १ दशमलव ६ प्रतिशतले कमी आएको छ। चालू आर्थिक वर्षको ७ महिनासम्म १ लाख ४८ हजार ५ सय ४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। गत वर्ष यही अवधिमा १ लाख ५० हजार ८ सय ८२ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
मलेसिया जान श्रम स्वीकृति लिनेको संख्या बढ्यो
मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा बढी रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। यो संख्या अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको छ। ७ महिनाको अवधिमा मलेसिया जान ६८ हजार ७० जानाले श्रम स्वीकृति लिएका छन्। यो संख्या समग्र श्रम स्वीकृति लिनेमध्ये ३१ दशमलव ४ प्रतिशत हो। अघिल्लो वर्ष यही अवधिसम्ममा मलेसियाका लागि श्रम स्वीकृति लिनेको संख्या ४८ हजार ६ सय ७४ थियो।
त्यस्तै, कतार जान श्रम स्वीकृति लिनेको संख्या ५९ हजार २ सय ८२ छन्। लेवनान जानका लागि श्रम स्वीकृति लिनेको संख्या १० जाना मात्र छ।
चालू आर्थिक वर्षको ७ महिनासम्म कुन देशका लागि कतिले श्रम स्वीकृति लिए?

श्रोतः वैदेशिक रोजगार विभाग
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।