काठमाडौं- कोरिया रोजगारीमा जाने युवाहरुका लागि लिइएको यस वर्षको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ।
२०२० का लागि लिइएको भाषा परीक्षा पश्चातको सीप परीक्षणमा ७ हजार ७ सय ७३ विद्यार्थी उत्तीर्ण भएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।
९२ हजार ३ सय जनाले आवेदन दिएकोमा ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए। भाषा परीक्षा दिएका ८४ हजारमध्ये १२ हजार ९ जना उत्तीर्ण भएका थिए ।
कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएकाहरु सीप परीक्षणमा सहभागी भएका थिए। सीप परीक्षणमा उत्तीर्ण भएका जति सबै कोरिया रोजगारीका लागि जान पाउने ग्यारेन्टी भने हुँदैन।
रोजगारदाताको माग अनुसार छनोट परेका श्रमिकमात्रै रोजगारीका लागि कोरिया जान पाउँछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।