काठमाडौं- नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसिया सरकारले अघि सारेको नीतिसँगै स्वदेशी तथा विदेशी श्रमिकहरुको पारिश्रमिक बढ्ने भएको छ।
मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी १ तारिखदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट कायम हुने भएको हो। यसको नेपाली रुपैयाँ लगभग ३३ हजार हुन आउँछ।
यसअघि श्रमिकहरुको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट (लगभग ३० हजार नेपाली रुपैयाँ) थियो। मलेसियाका विभिन्न सञ्चारमाध्यमका अनुसार सुरुवातमा क्यालालम्पुर, पेटालिङ, पेनाङ, पुत्रजयालगायत ५७ वटा सहरहरुमा न्यूनतम पारिश्रमिक लागू हुने भएको छ। न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।