काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गोकर्ण फरेष्ट रिसोर्टको समय अवधि थप भएको बताएका छन। ‘सरकारले कानुनसम्मत नै समय थपेको छ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘ नीतिगत प्रभाव नपार्ने नियमित भइरहने विषयको निर्णय सुनाउन पर्छ भन्ने छैन। सुनाउन सक्दैनौं र सुनाउँदैनौं पनि।’
पत्रकारको प्रश्नमा बाँस्कोटाले दिएको जवाफः
रिसोर्टको कुरा के–के भनेर प्रश्न आएको छ। मैले बुझिनँ। नियमित प्रक्रियाभित्र कैयौं काम हुन्छन्। साधारण ढंगले। ती सकै कुरा त आज पनि भन्न सकिदैन र सक्दैनौं पनि। जसले नीतिगत प्रभाव पार्दैन। ती कुरा बताइरहनु पर्छ भन्ने मलाई लाग्दैन।
गोकर्ण फरेष्ट कसैले अहिले पनि सञ्चालन गरिरहेको छ। भिजिट नेपाल चल्दै छ। यसको संरचना छ। उसले लगानी गरेको छ। म हिसाब किताबमा जान चाहँदिन। हामीले गरेको निर्णयमा पहिलेभन्दा बढी पैसा तिर्नुपर्छ। पहिले जतिमा लिएको छ त्यो भन्दा बढी तिर्नुपर्छ।
हिसाब त यहाँ सागमा २० वर्ष अगाडि यति वटा गोल गरेको, यतिवटा खेलाडी खेलेको, यति खेल भएको थियो भनेर पनि हिसाबकिताब हुँदो रहेछ। तर, अहिले पाएको स्वर्ण पहिलेभन्दा कम, त्यसैले अहिलेका ५१ वटा स्वर्ण केही पनि हैनन्। यसरी रिपोर्टिङ हुन्छ। कुनमा विश्वास गर्ने? तपाईहरुले पनि कसलाई दियो भन्दा पनि हिजो कानुन के थियो आज के छ? के साँच्चि नै सरकारले कुनै व्यत्तिलाई पोस्न खोजेको हो। वा त्यो नियम कानुनमा रहेर राजस्व बढ्ने गरी गरेको छ। सरकारको मिस्टेक छ भने देखाइदिनु होस्। हामी आफूलाई चाहिएको टुप्पो के छ त्यही मात्रै टिपेर हिड्ने गरेका छौं। त्यो अलि भएन कि?
यति होल्डिङसलाई प्रतिरोपनी मासिक ७ सय २१ रुपैयाँमा जग्गा, जंगलभर थप सय भिल्ला
गोकर्ण फरेष्ट रिसोर्टको समय थपः प्रधानमन्त्रीले प्रस्ताव गरे, मन्त्रीहरु हेर्याहेर्यै
प्रधानमन्त्रीको बलमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नसकिँदै २५ वर्ष थपियो
नेपाल ट्रष्ट : स्वार्थ पूर्तिका लागि कसरी बदलियो कानुन, कसरी भत्काइयो संरचना?
सम्झौता सकिनुअघि नै गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बढाउने तयारी
सम्झौता बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएर नेपाल ट्रष्टका कर्मचारी गोकर्ण फरेष्टतिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।