काठमाडौैं- प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४३ औं वार्षिक साधारणबाट नयाँ कार्यसमिति चयन भएको छ। बुधबार भएको सभाले हिमालयन होलिडेज ट्रेकिङका संस्थापक विभूतिचन्द ठाकुरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
पाटाको ‘डिजाइन थिङ्किङ-क्रिएटिङ लाइफ टाइम एक्सपेरिएन्सेस इन नेपाल’ भन्ने मूल नाराका साथ ४३औं साधरणसभा सम्पन्न भएको थियो।
नवनिर्वाचित अध्यक्ष विभूतिचन्द ठाकूरले पाटा नेपाल च्याप्टरको अध्यक्षपदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउँदै आगामी दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरुसँग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा आफूले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन्।
‘नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पर्यटनमार्फत उजागर एवम् सार्थक बनाउने अभियानमा पाटाले नवीनतम बजारीकरणको अभ्यासहरु, मानव संशाधन विकास र पर्यटन स्रोतको खोज पहिचान र ‘प्रोडक्ट डेभलपमेन्ट तथा सेवा स्तरीकरण’ मा आफ्नो कार्यदिशा अगाडि बढ्छ,’ उनले भने, ‘ पूर्वाधार विकास, पर्यटन सम्बन्धी नीतिगत सुधार र हवाइ क्षेत्र तथा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सवलीकरणजस्ता पक्षमा आफ्नो वकालत अगाडि बढाउने कार्यलाई प्राथमिकता दिन्छौं।’
नव निर्वाचित कार्यसमितिमा निर्वतमान अध्यक्ष सुनील शाक्य, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपालपर्यटन बोर्ड) द्वितीय उपाध्यक्ष टङ्कनिधी दाहाल (नेपालवायु सेवा निगम) महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन्।
त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः महानिर्देशक डण्डुराज घिमिरे (पर्यटन विभाग), महानिर्देशक राजन पोखरेल (नागरिक उड्यनप्राधिकरण), कृष्णगोपाल जोशी (नेपालवायु सेवा निगम), र श्रद्धा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः नरेन्द्रदेव भट्ट (हेरिटेज टूर्स एन्ड ट्राभल्स), अब्दुल्ला टन्सर केसी (ट्रकिस एयरलाइन्स), रित्तल राना (मिडभ्याली इन्टरनेश्नल कलेज),टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स), मन्जनी श्रेष्ठ (समिट एयर), टिकाराम सापकोटा (नेपालभ्याकेसन) र राम बाराकोटी (हाइकिङ एडभेन्चर ट्रेक्स) रहेका छन्। पाटा नेपालले कार्यसमितिमा लाक्पाफुटी शेर्पा (लग्क्जरी डिएमसी), सुनीलकुमार भुसाल (प्रिमियर होटल स्कुल), लिला भण्डारी ( गोइङ नेपाल), सञ्जयभक्तमाथेमा (एसडियू ट्राभल), पृथ्वी श्रेष्ठ (नेपाल खाजे ट्राभल) र कूलप्रसाद सुवेदी (हिमालयन स्माइल ट्रेक्स) सहित वैकल्पिक पदाधिकारी तथा सदस्यहरुसमेत चयन गरेको छ।
पार्टा पर्सनालिटी अफ दी एयरमा पान्डे
साथै पाटाले ‘ पाटा पर्सनालिटी अफ द इयर २०१९’ बाट वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्रमा प्रखर वक्ता, स्वच्छ छवि र निष्ठावान एवम् बहुमुखी प्रतिभा भएका व्यक्तित्वको रुपमा चिरपरीचित रवीन्द्रराज पाण्डेलाई सम्मान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।