काठमाडौं– राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी ‘पेप्सीको’लाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली भ्याटबिल जारी गरी ६४ करोड राजस्व ठगेको भन्दै विभागले मुद्दा दायरगरेको हो।
नेपालमा वरुणले पेप्सीलाई बोटलिङ गर्दै आएको छ। नक्कली भ्याटबिलमा बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो ठूलो मुद्दा हो।
वरुण बेभरेज (नेपाल) लिमिटेडले बहुराष्ट्रिय कम्पनी पेप्सीकोको फ्रेन्चाइज कम्पनीका रुपमा पेप्सी, डायट पेप्सी, ड्यु, मिरिन्डा, सेभेन अप, ट्रोपिकाना स्लाइस, ओट मिल्कलगायत पेय पदार्थ नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ।
त्यस्तै आक्वाफिना मिनरल वाटर पनि उक्त कम्पनीको उत्पादन हो।
पेप्सीको कम्पनीको नेपाल, भारत र श्रीलंकाको बजार हेरिरहेको वरुण बेभरेजले रिटेल, फास्ट फुड, स्वास्थ्य क्षेत्र र घरजग्गामा पनि लगानी रहेको छ। वरुण बेभरेजका संचालक भारतीय नागरिक रभिकान्त जाइपुरिया नै संचालक रहेको अर्को कम्पनी आरजे क्रपले नेपालका विभिन्न स्थानमा हाउजिङहरुसमेत सञ्चालन गरिरहेको छ। धापासीमा निर्माण गरिएको पार्क भ्यू होराइजन अपार्टमेन्टमा पनि यही कम्पनीको स्वामित्व छ।
अरुण बेभरेजका नेपालमा दुईवटा बेभरेज उत्पादन प्लान्ट छन्। उक्त कम्पनीले केही समय अगाडिमात्र नवलपरासीमा नयाँ बेभरेज उद्योग स्थापना गरेको थियो।
आन्तरीक राजश्व विभागले सन् २०१० मा पनि वरुण बेभरेजमा छापा मारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।