काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले घटेको छ।
सातामा कारोबारको पहिलो दिन आइतबार परिसूचक १ हजार १ सय ७२ दशलमव ६५ अंकमा रहेकोमा कारोबारको अन्तिम दिन बिहीबार १ हजार १ सय ४९ दशमलव ६५ अंकमा कायम भएको छ।
परिसूचक बिहीबारमात्र २ दशमलव ४२ अंकले घटेको छ। बिहीबार १ सय ७२ वटा कम्पनीको १२ लाख ८९ हजार १ सय ३४ कित्ता सेयर ५ हजार ९ सय ६० पटक खरिदबिक्री हुँदा ४१ करोड ९० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बिहीबार बैंकिङ, विकास बैंक, निर्जीवन बिमा, अन्य समूह, वित्त समूह र जिवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
कारोबार रकम र कारोबार भएको सेयर संख्याका आधारमा सबैभन्दा धेरै एनएमबी बैंकको १२ करोड ३१ लाख ९३ हजार रुपैयाँ बराबरको ३ लाख ७ हजार २ सय २६ कित्ता सेयर कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा नेपाल फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।