काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रवक्ताको जिम्मेवारी तोकेको छ। प्राधिकरणले पूर्व विमानस्थल प्रमुख राजकुमार क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। क्षेत्री दुई महिनाअघि मात्रै विमानस्थल प्रमुखबाट केन्द्रीय कार्यालय बहरमहलमा सरुवा भएका थिए। क्षेत्रीले बिहीबारमात्रै प्रवक्ताको जिम्मेवारीसहितको पत्र बुझेको नेपाललाइभसँग बताए। प्राधिकरणमा गत फागुन १५ गतेदेखि प्रवक्ता पद रिक्त रहेको थियो। यसअघि प्रवक्ताको जिम्मेवारी प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडलले सम्मालेका थिए।
ताप्लेजुङका भएको हेलिकोप्टर दुर्घटना परी निधन भएका वीरेन्द्रप्रसाद श्रेष्ठ गत फागुन १५ सम्म प्राधिकरणमा प्रवक्ता थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।