काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका अनुज अग्रवालले सपथ लिएका छन्। बुधबर नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले अग्रवाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
सपथमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिला समेतको उपस्थिति थियो । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट सञ्चालक चन्द्रप्रसाद ढकाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वरबन्धु गौतमकोउपस्थिति थियो । बैंकको सञ्चालक समितिमा नेपाल सरकारबाट मनोनित रामशरण पुडासैनी छन् भने अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।