काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३० अंकले घटेर १ हजार १ सय ५२ दशमलव ०७ अंकमा कायम भएको छ।
बुधबार १ सय ६ वटा कम्पनीको ९ लाख ४७ हजार ८ सय ५३ कित्ता सेयर ५ हजार १ सय ४४ पटक खरिदबिक्री हुँदा २९ करोड ४७ लाख ९ हजार ८ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार समुह, विकास बैंक समूह र अन्य समूह क्रमशः २० दशमलव १९, २ दशमलव ५ र शून्य दशमलव ६८ अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
सबैभन्दा धेरै निर्जीवन बीमा समुहको उपसूचक ३७ दशमलव ७३ अंकले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनएमबी बैंकको ४ करोड ९० लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।