काठमाडौं- कर्जा सूचना केन्द्र लिमिटेडले चुक्ता पुँजीको ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। केन्द्रको मंसिर १३ गते बसेको संचालक समितिको १ सय ३१ औं बैठकले पुस २३ गते बस्ने वार्षिक साधारण सभामा उक्त प्रस्ताव लैजाने निर्णय गरेको हो।
केन्द्रले प्रतिशेयर १५ रुपैयाँ अर्थात चुक्ता पुँजीको १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने छ। त्यस्तै प्रति ४ कित्ता बराबर १ कित्ता अर्थात चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरिएको छ।
बोनस सेयर जारी गरेर कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजीसमेत बढाउने भएको हो। वार्षिक साधारण सभामार्फत संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समेत आवस्यक संशोधन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।