काठमाडौं- एनआइसी एशिया बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई घातक रोगको बीमा बापत १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
चमत्कारिक बचत खाता योजनाअन्तर्गतको १८ प्रकारका घातक रोग लागेमा ग्राहकहरूलाई १५ लाख रुपैयाँ प्रदान गर्ने सुविधाअन्तर्गत बैंकले उनलाई सो रकम हस्तान्तरण गरेको हो।
भुसाललाई क्यान्सर रोग लागेकाले उनलाई सो रकम उपलब्ध गराइएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए।
उनलाई सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।