काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँ वृद्धि गरेको छ। पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुुसार यही पुस १ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्यको खुद्राबिक्री मूल्य भने यथावत नै रहेको निगमले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
यो मूल्य समायोजन गरेपछि नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य २०.४१ रुपैयाँ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १७.१६ रुपैयाँ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।