• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जो ४ वर्षदेखि बेखबर परदेशी श्रीमान्‌को बाटो कुरिरहेकी छिन्...

64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  ०८:३०
1140x725

काठमाडौं- भूकम्पले भत्किएको घर बनाउने रकम जुटाउन गोरखा दर्बुङका गणेश गुरुङ २०७२ सालमा साउदी उडे। 

लक्की एचआर म्यानपावरमार्फत रोजगारीका लागि साउदी पुगेका उनको परिवारसँग राम्रै कुराकानी भइरहेको थियो। 

होटलमा वेटर कामका लागि गएका उनी आफ्नो काम राम्रो नभएपछि अर्को ठाउँमा अवैध रुपमा काम गर्न थालेको बताउँथे। 

‘फोनमा कुरा हुँदा पछिल्लो समयको काम ठिकै छ भन्नुहुन्थ्यो’ गणेशकी श्रीमती पुजा सुनाउँछिन्। 

२०७२ पुस १६ गते साँझपख पुजा र गणेशबीच भएको संवाद नै अहिलेसम्मका लागि उनीहरुको अन्तिम संवाद बनेको छ। 

‘तलब त्यति धेरै त छैन, साहुको ऋण छ, घर बनाउनुछ। नआउनु परदेश आइहालेँ दुई वर्ष जसरी पनि काम गर्छु त्यसपछि म नेपाल आउँछु’ गणेशको अन्तिम संवाद सम्झिएर भक्कानिन्छिन् उनी। 

सोही दिनको भोलिपल्ट अर्थात् पुस १७ गते पुजालाई अनौठो नम्बरबाट फोन आयो, ‘हेलो भाउजु..। दाजु दुर्घटनामा परेर प्रहरीले अस्पतालमा लगेको छ। उहाँलाई तुरुन्त नेपाल झिकाएर उपचार गराउनु।’

‘कसरी त्यस्तो भयो? उहाँ कुन अस्पतालमा हुनु हुन्छ? ....’ पुजाको प्रश्नको उत्तर आएन।  सबै कुरा भोलि भन्छु भन्दै फोन काटियो। फेरि फोन गर्दा उठेन। 

Ncell 2
Ncell 2
nimb
nimb

गणेशलाई फोन गर्दा उनको फोन स्वीच अफ थियो। 

‘उहाँ कुन अस्पतालमा हुनुहुन्छ भनिदिनुस् न.. ?’ भोलिपल्ट पनि पुजाले आग्रह गरिन् । उनको प्रश्नको जवाफ आएन। गणेशका साथीहरुले भोलि भन्छु भोलि भन्छु भन्दै भोलिवाद पछ्याइरहे। केही समयपछि उनीहरुले पनि फोन उठाउनै छाडे।

साथीहरुको नम्बर पनि केही समयपछि अफ भयो। 

‘उहाँको कुन अस्पतालमा उपचार भइरहेको छ भनेर मात्रै थाहा भएको भए पनि बाँकी कुरा पत्ता लाग्थ्यो होला। तर मलाई त्यति कुरा पनि कसैले भनिदिएन।’ पुजाले भनिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फोनमार्फत् गणेशका साथीहरु कसैले रक्सी खाएको अवस्थामा बेहोस् भएर ढलेकाले अस्पताल लगिएको सुनाउँथे त कसैले उनी सडक दुर्घटनामा परी मृत्यु भएको खबर सुनाउँथे।

‘उहाँले कहिल्यै रक्सी नै खानु हुँदैन थियो। उहाँका साथीहरुको कुरा कसरी पत्याऊँ?, दुर्घटनामा मृत्यु भएको हो भने शव खोई?’ प्रश्नसँगै पुजाका आँखा रसाउँछन्। ओठ काँप्छन्, गला अवरुद्ध हुन्छ...।

हुन त उनलाई गणेशले साउदीबाट बेलाबेलामा रक्सी र साथीहरुको कहानी पनि सुनाएका रहेछन्। ‘साथीहरु धैरै रक्सी खान्छन्। रमाइलो गर्नुपर्छ जीन्दगी के छ र भन्छन्। तर म साथीहरुको लहीलहीमा बरालिएको छैन।’ गणेशले फोनमार्फत पुजालाई भनेका थिए रे। जसले गर्दा पनि गणेश रक्सी खाएर ढले भन्ने कुरामा पुजालाई पटक्कै विश्वास छैन। 

‘उहाँलाई खोजी गर्न कहाँ-कहाँ धाइनँ ? कति रोएँ, खोजिदिनु भन्दै विभाग, बोर्ड, मन्त्रालय सबै चहारेँ। खै कतै फेला पर्नुभएको छैन। पीडा भयो भनेर कहाँ चिच्याएर हिडौँ?’ उनी सुनाउँछिन्। 

जिन्दगीमा जब पीडा अत्ति नै हुन्छ त्यसबेला कुनै भाव व्यक्त गर्न मन लाग्दैन। न मन दुख्छ न त आँशु नै झर्छ। पुजाको जीवनमा अहिले ठ्याक्कै यस्तै भएको छ। 

केही बेरको मौनतापछि पुजाले भनिन्, ‘जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, छिट्टै घर फर्किएर आउनु, सानैमा छाडेर गएको छोरो ठूलो भइसक्यो।  बाबा खोइ भनेर सोध्ने बेला भएको छ। मैले के जवाफ दिने?’ 

गणेश परदेश हिड्दा छोरो डेढ वर्षका मात्रै थिए। अहिले छोरो पनि ६ वर्ष पुग्न लागे। 

गणेश आउने बाटो कुर्दाकुर्दै चार बर्ष बिते। हेर्दाहेर्दै गणेश आउने गोरेटो पनि अब त बिरानो झैँ लाग्न थालिसकेको छ। तर पनि आँखाहरु उनको पर्खाइमा थाकिसकेका भने छैनन्। उनी आउने गोरेटोमा डुलिरहन्छन्। दुर्घटनामा मृत्यू भएको भनेर गणेशका साथीहरुले सुनाएको कुरामा पुजालाई पटक्कै विश्वास छैन्।

‘उहाँका साथीहरुले मलाई झुठो कुरा सुनाए कि?’ पुजा अनुत्तरित प्रश्न गर्छिन्। 

उता दर्बाङमा बुढी आमा र हजुरआमा गणेशको बाटो कुरिरहेका छन्। छिट्टै फर्किएर आउँछु भनेर परदेश हिडेको छोरो बेखबर भएपछि आमालाई जति पीडा कसलाई होला र? 

‘भूकम्पले भत्किएको घर र परिवारलाई छाडेर गएको गणेशले कसरी माया मार्न सक्ला?, कहाँ के गर्दै बसेको होला?’ गणेशकी फूपु दिदी दिलकुमारी गुरुङ भन्छिन्। 

‘पढ्दै काम गर्छु भनेर काठमाडौं आएको भाइले केही वर्षपछि विवाह गर्यो, काठमाडौंमै काम गरिरहेको थियो। २०७२ सालको भूकम्पले घर भत्किएपछि घर बनाउनका लागि पैसा जुटाउन भन्दै साउदी हिँड्यो। न फर्केर आउँछ न खबर पठाउँछ।’ दिलकुमारी बिगत सम्झेर बहकिइन्।

‘बुबा हुनुहुन्न। घरमा आमा र हजुरआमा मात्रै हुनुहुन्छ। देवर सानै हुनुहुन्छ। म छोरालाई पढाउन भनेर काठमाडौं बसेकी छु।’ पुजा भन्छिन्। 

गणेशका बुबा पहिले नै बितिसकेका हुन्। गणेशका भाइ सानै छन्। गणेश जेठा छोरा भएकाले पनि सबै पारिवारीक जिम्मेवारी उनीमाथि नै थियो। गोरखाबाटै एसएलसी दिएका उनी थप अध्ययनका लागि काठमाडौं आएका थिए। 

गणेश रानीवन बस्थे। काठमाडौंमा अध्ययन गर्दै रेस्टुरेन्टतिर वेटरको काम गर्थे। 

कुरैकुरामा पुजाले आफ्नो र गणेशबीचको प्रेम कहानी पनि सुरु गरिन्। 

पुजाको माइती रानीवन हो। गणेश र पुजाको भेट त्यहीँ भएको थियो। 

उनीहरुको बसाइ ओल्लो घर पल्लो घर थियो। सँधैजसो देखभेट भइरहने क्रममा उनीहरु नजिकिएका थिए। त्यसपछि उनीहरु प्रेम सम्बन्धमा परे। केही समयको अन्तरालमा उनीहरुबीचको प्रेमसम्बन्ध झण्डै ८ वर्षअगाडि विवाहमा परिणत भएको थियो। 

‘उहाँ घर नजिकै बस्नुहुन्थ्यो, छत र झ्यालबाट नै हामी एक अर्कालाई देख्थ्यौँ। भेटघाट कुराकानी हुँदै गएपछि हामीबीच प्रेम झाँगियो। सँगै बाँच्ने मर्ने कसम खाएर हामी विवाह बन्धनमा बाधियौँ।’ प्रेमिल स्मृतिमा हराइरहेकी पुजाको मुहारमा थोरै मुस्कान र धेरै पीडाका छालहरु प्रस्टै देख्न सकिन्थ्यो। 

सँगै जिउने सँगै मर्ने कसम खाएका गणेश र पुजालाई परिस्थितिले एक अर्काबाट टाढा हुत्याइदिएको थियो। 

‘टाढिन त कसलाई रहर हुन्छ र? दुई वर्षपछि त आइहाल्नु हुन्छ नि भन्ने आशले मन सम्हालेर बिदाइको हात हल्लाएकी थिएँ‚’ पुजा सुँकसुकाउँछिन्। 

आफूसँग भएको गणेशको पासपोर्ट साइजको मधुरो फोटो देखाउँदै पुजाले भनिन्, ‘मसँग अहिले याद र केही तस्वीरहरु मात्रै बाँकी छन्। यो तस्वीरमा भएको मान्छे कतै देख्नु भयो भने छिट्टै घर फर्किनुस् रे भनिदिनुस् है। हामी उहाँकै पर्खाइमा बाटो हेरिरहेका छौँ।’ 


 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्