• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चिनी व्यवसायीबाट चेतेको दाबी गर्ने सरकार कुखुरा व्यवसायीले कानुन मिच्दा किन आँखा चिम्लँदैछ? 

64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  १७:५७
1140x725

काठमाडौं- नेपाल ह्याचरी उद्योग संघले देशभरका पोल्ट्री फार्ममा चल्ला उत्पादन १० दिनका लागि बन्द गर्ने भनेर घोषणा गरेको ४ दिन भयो। व्यवसायीहरुले मंसिर २९ गतेदेखि चल्ला उत्पादन ठप्प पारेका छन्।

नेपालको प्रचलित कानुनअनुसार कुनैपनि संघसंस्था वा व्यक्तिले वस्तु उत्पादन वा बिक्री वितरण रोकेर बजारमा अभाव सिर्जना गरी मुल्यवृद्धि गर्न पाउँदैनन्। उपभोक्ता संरक्षण ऐनको दफा १८ को उपदफा ‘घ’ मा ‘एकै प्रकृतिका वस्तु उत्पादक, पैठारी वा बिक्रीकर्ता, व्यापारी वा व्यापारिक समुह मिली त्यस्तो वस्तुको अभाव सिर्जना गरी मुल्य तथा आपूर्ति व्यवस्थापनमा प्रभाव पार्न नहुने’ व्यवस्था उल्लेख गरेको छ।

तर चल्ला उत्पादक व्यापारीहरुले भने अहिले मासु र अण्डाको मुल्यमा गिरावट आएका कारण १० दिनसम्म उत्पादन बन्द गर्ने र मुल्य बढाउने भन्दै सार्वजनिक घोषणा गरे। व्यापारीको यस्तो हर्कतप्रति सरकारले भने आँखा चिम्लिएको छ। 

मौजुदा कानुनको ठाडो उल्लंघन हुने गरी व्यापारीहरुले यस्तो घोषणा गरेपनि कानुनको उल्लंघन भएको विषय र उपभोक्ता अधिकार हनन भएको विषयमा सरकार त मौन छ नै सरकारी निकायलाई यो विषयमा जानकारीसमेत छैन।

ह्याचरी व्यवसायीहरुले कानुनविपरीत मुल्यवृद्धिका लागि उत्पादनमा रोक लगाएको विषयमा तालुखवाला मन्त्रालयहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने यो विषयमा आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेका छैनन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण शाखा प्रमुख ध्रुव घिमिरेले मन्त्रालयमा यो विषयमा छलफल भएको बारे आफुलाई जानकारी नभएको बताए। त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा हरी बहादुर केसीले पनि आफूलाई यो विषयमा जानकारी नभएको बताए।

त्यस्तै उपभोक्ता हित संरक्षण ऐनको कार्यान्वयनमा सबैभन्दा ठूलो भूमिका निभाउनुपर्ने निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पनि आफुलाई त्यो विषयमा जानकारी नभएको बताए। 

उपभोक्ता हित संरक्षण ऐनको कार्यान्वयन गर्नु/गराउनु तीनवटै तहका प्रशासनिक निकायको कर्तव्य हो। तर व्यवसायीहरुले ‘कार्टेलिङ’ गर्ने उद्देश्यले गरेको यस्तो घोषणाका बारेमा भने कुनैपनि सरकार र सरकारी निकायले अहिलेसम्म मुख खोलेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उपभोक्ता अधिकारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन सरकारले नै व्यवसायीहरुलाई मनलाग्दी गर्न छुट दिइरहेको र उनीहरुकै कुरा सुन्ने प्रवृतिका कारण उनीहरु बजार कब्जा गर्न सफल हुने गरेको बताउँछन्। ‘यो समस्या अहिलेको मात्र होइन। सरकारले चिनी उद्योगी व्यवसायीलाई यसरी नै प्रश्रय दियो। क्वारेन्टाइन परिक्षण गर्ने विषयमा तरकारी व्यापारीलाई यसैगरी बोकेर हिड्यो। खसीबोका व्यापारीलाई प्रश्रय दियो। सरकार नै भ्रष्ट हुँदाको परिणाम यसरी देखिइरहेका छन्,’ महर्जनले भने। 

अघिल्लो वर्ष सरकारले चिनी किसान र उद्योगीहरुलाई प्रश्रय दिनका लागि भन्दै चिनीको आयातमा परिमाणात्मक बन्देज लगायो। दशैं तिहारलगायत चाँडबाडको समयमा व्यापारीले चिनी बजार पूर्णरुपमा आफ्नो हातमा लिएर मुल्यवृद्धि गरे। चिनीमा परिमाणात्मक बन्देज लगाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा भएको थियो।

तर गत चैतमा प्रधानमन्त्री ओली आफैंले चिनी व्यवसायीहरुले सरकारको आँखामा छारो हालेको बताए। तर त्यो प्रकरणबाट पनि सरकारको चेत नखुलेको बरु सरकार आफैं कानुनविपरीत काम गर्ने व्यापारीलाई प्रश्रय दिन लागिपरेको महर्जन बताउँछन्।

‘अहिले कुखुरा व्यवसायीहरुले उत्पादन बन्द गरेर बजारमा मासुको मुल्य बढाउन खोज्दा सरकार फेरि मौन देखिनुले सरकारको काम गर्ने शैली कस्तो छ प्रष्ट भएको छ,’ उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेना व्यापारीहरुले कार्टेलिङ गर्ने उद्देश्यले गरेको यस्तो घोषणा कानुनविपरीत रहेको र सरकारी निकायले कारबाही प्रकृया अगाडि बढाउनुपर्ने बताउँछन्।

‘एक त अहिलेको कानुनले यस्ता संघ, संगठनलाई नै चिन्दैन। अर्को कुरा मुल्य बढाउनका लागि अभाव सिर्जना गर्ने व्यापारीको मनसायमाथि गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका निकायले तत्काल कारबाहीको प्रकृया अगाडि बढाउनुपर्छ,’ तिमल्सेनाले भने। 

ह्याचरी उद्योग संघको मंसिर २८ गते सकिएको चितवन भेलाले विगत एकवर्षदेखि चल्ला, अण्डा र मासुको मुल्यमा गिरावट आई उत्पादन लागतसमेत नपाउने अवस्थामा पुगेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ। संघका पूर्व अध्यक्ष शिवप्रसाद शर्मा अहिले चल्लाको दाना महंगो भएका कारण उत्पादन लागत बढी भएको तर सोहीअनुसार मासुको बजारमूल्य नपाएका कारण यस्तो विकल्प अपनाउनु परेको बताउँछन्।

‘यो कानुनविपरीत होला। तर अब के हामी व्यवसाय नै नगर्ने? मासुको मूल्य नपाएपछि हाम्रो घर सम्पत्ति लिलाम हुने अवस्था आएको भएर संघले यस्तो निर्णय गरेको हो,’ शर्माले भने। 

संघले आइतबार (मंसिर २९) गतेदेखि संघसँग आबद्ध सबै ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न मेसिनमा सेट गरिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढी उमेरका माउ प्यारेन्ट बिक्री गर्नेलगायतका काम पूर्णरुपमा बन्द गरेको छ।

यो पनि

चल्ला उत्पादन बन्द गरेर मूल्य बढाउने दाउमा व्यवसायी

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्