काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको अत्तरियामा आधुनिक एवं सुविधासम्पन्न नयाँ शोरुम ‘रुद्र अटोमोटिभस्’ सञ्चालनमा ल्याएको छ।
कैलालीमा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सँधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।
नयाँ शोरुमले ग्राहकहरुलाई मोटरसाइकलको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ। यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउने विश्वास कम्पनीको छ।
कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले नयाँ शोरुम उद्घाटनसँगै यस क्षेत्रका उपभोक्तालाई सेवा पुग्ने विश्वास व्यक्त गरे। शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।