काठमाडौं- सातामा कारोबारको पहिलो दुईदिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेश्रो दिन भने सामान्य अंकले बढेको छ।
मंगलबार परिसूचक १ दशमलव २६ अंकले बढेर १ हजार १ सय ५५ दशमलव ३७ अंकमा कायम भएको छ। १ सय ६७ वटा कम्पनीको ८ लाख ४० हजार ६ सय ७७ कित्ता सेयर ४ हजार ७ सय ३६ पटक खरिदबिक्री हुँदा २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार बैंकिङ, होटेल, वित्त र उत्पादन समूहको उपसूचक क्रमशः १ दशमलव ५९, १२ दशमलव ७५, शून्य दशमलव २५ र ४ दशमलव ७५ अंकले घटेको छ। बाँकी सबै समुहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समुहको उपसूचक ४६ दशमलव ५८ अंकले बढेको छ।
मंगलबार सबैभन्दा धेरै एनएमबी बैंकको ३ करोड ४६ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।