काठमाडौं- एनसीसी बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपेसँग सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
एनसीसी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आबद्ध गर्ने बित्तिकै एक सय रुपैयाँ बराबरको मोबाइल रिचार्ज (टप-अप) पाउनेछन् भने सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोइन्टसमेत पाउने छन्।
सेलपेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट एनसीसी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सकिनेछ। ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा अन्य व्यापारिक भुक्तानी गर्नसमेत सक्नेछन्।
यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानी गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।