• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

परदेशमै हराउँछन् श्रमिक

हराएकालाई खोजी गर्ने सरकारी संयन्त्र नहुँदा थप समस्या 
64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १७:२२
1140x725

हराएका श्रमिकका आफन्त


काठमाडौं- गोरखा दर्बुङका गणेश गुरुङ वैदेशिक रोजगारीका लागि २०७२ सालमा साउदी हिँडे।

साउदी पुगेको ७ महिनासम्म परिवारसँग कुरा भइरहेको थियो। त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । 

‘यतिका वर्ष भइसक्यो, मेरो श्रीमान्ले फोन पनि गर्नु भएको छैन। कसैसँग सम्पर्कमा आउनु भएको छैन,’ गणेशकी श्रीमती पुजा गुरुङ सुनाउँछिन्। 
२०७२ पुसमा गणेशका साथीहरुले घरमा फोन गरेका थिए। 

‘गणेश सडक दुर्घटनामा पर्‍यो, हेर्दाहेर्दै प्रहरीले लग्यो। कहाँ लग्यो थाहा भएन’, साथीहरुले पुजालाई सुनाएका थिए । 

पुजालाई त्यो कुराको विश्वास नै लाग्दैन । ‘मृत्यु भएको भए कम्पनीले शव पठाउनु पर्ने, किन पठाएन? उहाँका साथीहरुले मलाई झुटो कुरा सुनाए कि? पुजा अझै विश्वास गर्न तयार छैनन्। 

कम्पनीले आधिकारिक जानकारी नपठाएकाले गणेशको मृत्यु भएको हो वा होइन भनेर अझैसम्म पुष्टि हुन सकेको छैन। 

गणेशको खोजी गरिदिनु भनेर परिवारले वैदेशिक रोजगार विभाग, बोर्ड, कन्सुलर, श्रम तथा परराष्ट्र मन्त्रालयलगायत सबै सम्बन्धित निकाय चहारे, तर पनि गणेशको कुनै पत्तो लागेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

सिन्धुलीका सुकुले राईको कथा भने केही भिन्न छ। २०६६ सालमा रोजगारीको खोजीमा विदेशिएका सुकुुले ३ वर्षसम्म परिवारको सम्पर्कमा थिए । 

फर्निचर कामका लागि भनेर गएका उनले मलेसिया पुगेपछि आफूले खेतबारीमा काम गर्नुपर्ने बताएका थिए। थोरै पैसा पनि पठाउँदै थिए। उनले पठाएको पैसाले ऋण साहुबाट लिएको ऋणको किस्ता तिर्दै थिइन् उनकी श्रीमती सबिता। 

३ वर्षपछि उनी बिस्तारै परिवारसँग सम्पर्कमा आउन छाडे। 

६ वर्षसम्म श्रीमानको अत्तोपत्तो थिएन। एक  वर्षअघि फेरि उनी परिवारको सम्पर्कमा आएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 ‘उहाँले एक वर्ष अगाडि भिडियो फोन गर्नु भएको थियो। एक जना महिलासँग बिहे गरेको छु। उसले मोबाइल पनि खोस्छ। लुकेर फोन गरेको।  म यहाँ कैदीजस्तै भएको छु। म मेरो छोराछोरीसँग फर्किन चाहन्छु मलाई जसरी हुन्छ निकाल भन्नुभएको थियो। त्यस यता एक वर्षदेखि सम्पर्कमा हुनुहुन्न,’ सुकुलेकी श्रीमती सविताले सुनाइन्। 

मलेसियामा एक फिलिपिनी युवतीसँग विवाह गरेर बसेको र बच्चा पनि भएको भन्दै उनले भाइबरमार्फत् फिलिपिनी श्रीमतीसँगको फोटोसमेत पठाएका थिए ।

आफ्ना श्रीमान हराएको भन्दै भौतारिएकी सविता श्रीमानको खोजी गरिदिन आग्रह गर्दै प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)सम्म पुगेकी थिइन् । 

गणेश र सुकुलेजस्ता वैदेशिक रोजगारीको खोजीमा परदेशिएका थुप्रै युवा परिवारसँग सम्पर्कविहीन हुने गरेका छन्। 

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा मात्रै सन् २०१३ देखि हालसम्म रोजगारीको सिलसिलामा परदेशिएका युवाहरु परिवारको सम्पर्कमा नभएको भन्दै ३ सय ८८ वटा उजुरी परेका छन्। परेका उजुरीमध्ये पीएनसीसीले विभिन्न संघसंस्थाहरूको समन्वयमा २ सय ३१ उजुरीमाथि सम्बोधनमा सहयोग पुर्‍याएको छ। 

परिवारसँग सम्पर्कविहीन भएका कतिपयलाई परिवारको सम्पर्कमा ल्याएको तथा उनीहरूको वास्तविक अवस्था पत्ता लगाएको पीएनसीसीले जनाएको छ। केही उजुरी प्रकृयामा रहेको जनाइएको छ। 

हराएका श्रमिकसम्बन्धी पीएनसीसीमा परेका उजुरी हेर्दा सबैभन्दा ठूलो संख्यामा पुरुषहरू हराएका छन्। 

सबैभन्दा बढी मलेसियामा हराउँछन् 

मलेसियामा धेरै नेपाली श्रमिक छन्। त्यहाँ पुगेर परिवारसँग सम्पर्कविहीन हुनेहरूको संख्या पनि सबैभन्दा बढी छ। पीएनसीसीमा परिवारसँग सम्पर्कविहीन भएको भन्दै परेका ३ सय ८८ उजुरीमध्ये सबैभन्दा बढी २ सय उजुरी मलेसियाका छन्। त्यसपछि साउदी गइ सम्पर्कविहीन भएका ६७ उजुरी परेका छन्। कुबेत गएर सम्पर्कविहीन भएको भन्दै ४६ वटा उजुरी परेका छन्। त्यस्तै कतार, बहराइन, ओमानलगायत अन्य मुलुकमा गएका धेरै श्रमिक सम्पर्कबिहीन हुने गरेका छन्। 

 किन हराउँछन् श्रमिक ? 

विदेशमा विभिन्न कारण जेल परेको अवस्थामा समेत उनीहरू परिवारको सम्पर्कमा नआएका घटना सबैभन्दा बढी भएको पीएनसीसीले जनाएको छ। गन्तव्य मुलुकमा पुगिसकेपछि उतै आफ्नो सम्पर्कमा आएका महिलासँग प्रेम सम्बन्धमा परेर थुप्रै पुरुष परिवारको सम्पर्कमा नआएको पाइएको छ। महिलाहरु पनि गन्तव्य मुलुकमा पुगेपछि आफ्नो सम्पर्कमा आएका पुरुषसँग प्रेम सम्बन्धमा परेपछि परिवारसँग सम्पर्कविहीन हुने गरेका थुप्रै घटना छन्। त्यस्तै पारिवारिक मनमुटाव, विदेशमा मृत्यु भएको अवस्थामा उनीहरूको शव परदेशमै गायब पार्ने समस्याका कारण समेत श्रमिकहरु वर्षौँदेखि परिवारको सम्पर्कमा आउन सकेका छैनन्। घरेलु कामदारको हकमा रोजगारदाताले परिवारसँग सम्पर्क गर्न नदिने समस्याका कारण कतिपय श्रमिक परिवारको  सम्पर्कबाट टाढा रहेर बन्दीजस्तै काम गर्न बाध्य छन्।

हराएका श्रमिक खोजीका लागि छैन सरकारी संयन्त्र 

रोजगारीको खोजीमा दैनिक १ हजारभन्दा बढी युवा विदेशिने गर्छन्। खाडीदेखि युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीको सिलसिला तथा विभिन्न कारणबाट पुगेका व्यक्ति हराउने गरेका छन्। तर कति श्रमिक परिवारको सम्पर्कमा आएका छैनन् भन्ने यकिन तथ्यांक सरकारसँग नै छैन। हराएकालाई खोज्न कुनै सरकारी संयन्त्र पनि बनेको छैन। परिवारको सम्पर्कमा नआएका श्रमिकको खोजीका लागि बलियो सरकारी संयन्त्र नहुँदा उनीहरुका आफन्तलाई पीडामाथि पीडा थपिएको छ। 

‘विभाग, मन्त्रालय, बोर्ड भएजति सबै ठाउँमा धाउँदा पनि न हामीले सास पाएका छौँ, न त लाश, कहाँ गएर कसलाई गुहार्ने ?’ गणेशकी श्रीमती पुजा सुनाउँछिन्।  गणेश र सुकुलेजस्ता परिवारको सम्पर्कमा नआएका श्रमिकका परिवारले कहाँ गएर कसलाई उजुरी गर्ने, कुन संयन्त्रमार्फत आफ्ना हराएका सदस्यको खोजी गर्ने भन्ने समस्या छ।

वैदेशिक रोजगारीका क्रममा हराइरहेका श्रमिकहरुको सवाल पनि जटिल भएकाले यस विषयलाई स्थान दिएको पीएनसीसीले जनाएको छ । 

यस विषयमा सरकार, कूटनीतिक नियोगलगायत सम्पूर्ण सरोकारवाला निकायले गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्ने पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए। 

के भन्छन् सरोकारवाला ? 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि गिरीप्रसाद आचार्यले वैदेशिक रोजगारीका सिलसिलामा थोरै संख्यामा श्रमिकहरु सम्पर्कविहीन हुनु पनि दुःखद भएको बताए ।

‘यसका लागि सरकारले समन्वयकारी भूमिका बढाउनु पर्ने महसुस भएको छ’ उनले भने, ‘हामीले यसरी सम्पर्कबिहिन हुने श्रमिकहरुको सम्बन्धमा दुई देशको श्रम सझदारी एमओयुमा समेट्छौँ ।’
परराष्ट्र मन्त्रालयका प्रतिनिधि कृष्णकुमार सुवेदीले परदेशमा थुप्रै श्रमिक विभिन्न समस्याका कारण पनि परिवारसँग सम्पर्कमा आउन नसकेको बताए । 

‘खाडीमा मात्र होइन, युरोप अमेरिका लगायतका मुलुकमा जाने श्रमिकहरु समेत परिवारको सम्पर्कमा आउन सकेका छैनन् । एजेन्टमार्फत् अवैध बाटो हुँदै जाँदा उनीहरु हराउने, समस्या छ। कतिपयलाई त एजेन्टहरुले बाटोबाट नै गायब पारेका घटन पनि छन्’ उनले भने, ‘यस्ता समस्या समाधानका लागि हामी श्रम मन्त्रालय तथा सबै सरोकारवालासँग मिलेर काम गर्छौँ ।’

मानव बेचबिखन अनुसन्धान व्युरोका डिएसपी सुधिरराज शाहीले वैदेशिक रोजगारीका सिलसिलामा हराएका श्रमिकहरुको खोजीका लागि प्रहरीले पनि सहयोग गर्न सक्ने बताए । 

‘हामीले विभिन्न देशमा विभिन्न कारण हराएका मानिसहरुका लागि ईन्टरपोलमार्फत् एल्लो नोटिस जारी गर्दै आएका छौँ । जटिल मुद्धाहरुमा मात्रै एल्लो नोटिस जारी गरिन्छ डिएसपी शाहीले भने, ‘हराएका श्रमिकको खोजीका लागि पनि इन्टरपोलमार्फत एल्लो नोटिस जारी गर्न सकिन्छ । यसका लागि छलफल गर्न सकिन्छ ।’  
 
 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ मंगलबार, कात्तिक २४, २०८३
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? मंगलबार, कात्तिक २४, २०८३
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्