काठमाडौं- अघिल्लो साताको कारोबारमा सुधार देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता फेरि ओरालो लाग्न सुरु भएको छ।
यो साताको कारोबारमा आइतबार ४ दशमलव ७८ अंकले घटेको नेप्से परिसूचक सोमबार १३ दशमलव ७५ अंकले घटेर १ हजार १ सय ५४ दशमलव ११ अंकमा कायम भएको छ।
सोमबार १ सय ६६ वटा कम्पनीको १३ लाख ७१ हजार १ सय ३४ कित्ता सेयर ६ हजार ६ सय ३ पटक खरिदबिक्री हुँदा ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १ सय ७२ दशमलव शून्य ९ अंकले घटेको छ। कारोबार रकमका आधारमा एनएमबी बैंकको ४ करोड ५६ लाख रुपैयाँ बराबरको १ लाख १३ हजार ५ सय ६४ कित्ता सेयर कारोबार भएको छ।
सबैभन्दा बढी कमाउनेमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ४९ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।