काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले नेपालको अर्थ राजनीतिमा केन्द्रित रहेर लेखेको पुस्तक ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप- द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ सार्वजनिक भएको छ। बुधबार पूर्व-राष्ट्रपति डा रामवरण यादवले पुस्तक सार्वजनिक गरे।
पुस्तकमा खुला अर्थनीति र बजार अर्थव्यवस्थाको महत्वका साथै संघीयता सफल पार्नका लागि ध्यान दिनुपर्ने पाटोको विषयमा चर्चा गरिएको छ। महतले वित्तीय संघीयता व्यवस्थापनको चुनौति, माओवादी द्वन्द्वले सिर्जना गरेका समस्यालगायतका विषयमा पुस्तकमा चर्चा गरेका छन्।
सन् १९९० को दशकमा आर्थिक सुधारको लागि चालिएको कदम, अहिलेको यथास्थितिका साथै संविधानको मर्मअनुसार चल्नको लागि चालिने कदमका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ। महतले कम्युनिष्ट देशहरूमा समेत खुलाबजार अर्थनीति अवलम्वन गरेको सन्दर्भमा यसको विकल्प नरहे पनि नियमनको भने खाँचो रहेको बताए।
उनले संघीयता अवलम्बन गरिसकेको अवस्थामा स्थानीय प्रदेश सरकारको संरचना बलियो बनाउनने पर्ने र महसुस हुनेगरी सुविधा दिन सक्नुपर्ने बताए। वितरणमुखी बजेट गराउँदा भविष्यमा थप जटिल समस्या उत्पन्न हुने भएकाले सेचत हुन उनको छ।
'हामी लामो समय राजनीतिक अस्थिरता रह्यो, देशले १० वर्षे द्वन्द्व खेप्दा आर्थिक र सामाजिक रूपमा धेरै पछि पर्नुपर्योक, अब हामीले संघीयतालाई सफल बनाउन सकिएन भने फेरि २०/३० वर्षपछि पर्नेछ' महतले भने।
पुस्तकमाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पुस्तकबाट १९९० मा उनले राख्ने विचार र अहिलेको विचारमा भिन्नता देखिएको कतिपय विषयमा आफ्नो धारणा दिन नसकेको टिप्पणी राखे। त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले विगतको अर्थ राजनीतिको यथार्थ चित्रण र अबको बाटोको सन्दर्भमा पुस्तकले चित्र कोरेको बताएका छन्।
महतको पुस्तकमाथि एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा विन्दू लोहनी, पत्रकार कनकमणि दीक्षित र नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले पनि टिप्पणी गरेका थिए।
सन् २०५५ मा 'इन डिफेन्स अफ डेमोक्रेसी' पुस्तक लेखेका महतले १४ वर्षपछि दोस्रो पुस्तक बजारमा ल्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।