काठमाडौं-निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आफ्ना २ वटा नयाँ जहाज डास क्यु ४०० जहाजमार्फत् २ गन्तव्यमा परीक्षण उडान गरेको छ।
८० सिट क्षमताको जहाजले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि रहेको टोलीसँगै काठमाडौदेखि जनकपुर, जनकपुरदेखि सिमरा र सिमरादेखि काठमाडौं परीक्षण उडान गरेको हो।
परीक्षण उडानको रिपोर्टपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सका यी दुई नयाँ जहाज उडानका लागि अनुमति दिने नदिने निर्णय गर्नेछ।
डास क्यु ४०० जहाजमार्फत श्रीले पोखरा, सिमरा, चितवन र जनकपुर उडानको योजना बनाएको छ। यसमध्ये २ गन्तव्यमा बुधबार परीक्षण उडान भएको छ। यसअघि यी जहाजमार्फत श्रीले विराटनगर, धनगढी, भद्रपुर, नेपालगन्ज र भैरहवामा उडान गर्दै आएको थियो।
श्रीले सिमरा उडानको अनुमति पाए बुद्ध एयरको एकछत्र राज सकिनेछ भने हवाई भाडादर पनि घट्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।