• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यस्तो छ अन्तर्राष्ट्रिय विमानको नेपालमा दुर्घटना

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  ११:३२
1140x725

काठमाडौँ - नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ। सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक/पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । नेपालभित्रै भएका ठूला हवाई दुर्घटनामध्ये युएस बंगला एयरको विमान दुर्घटना आठौँ ठूलो हो। 

कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन्। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ_ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दैआएको छ । समस्या न्यून हुनुको साटो बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ। 

युएस बंगला विमानको दुर्घटनापछि हवाई सुरक्षाका विषयमासमेत चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशंका र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारहरुको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का पूर्व महानिर्देशक राजेशराज दली विगतमा भएका दुर्घटना जाँचबुझ आयोगले सिफारिश गरेको प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिएको बताउछन्।  

उनले भने – “दुर्घटना जाँचबुझ आयोगको सिफारिश अक्षरशः कार्यान्वयन गर्नेतर्फ तदारुकता देखाउनु जरुरी हुन्छ । तर किन त्यस्ता प्रतिवेदन कार्यान्वयन भएनन् भन्नेतर्फ कसैको ध्यान गएको पाइँदैन।” 

याे पनि हेर्नुहाेस् - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?

सोमबारको दुर्घटनाले हवाई सुरक्षाको पाटोमा समेत असर पर्नसक्ने देखिएको छ । पूर्व महानिर्देशक दलीका विचारमा हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमा समेत अध्ययन हुनुपर्दछ। 

Ncell 2
Ncell 2
nimb
nimb

हवाई दुर्घटनालाई नजिकबाट नियाल्ने हो भने विमानस्थलमै भएको यो पहिलो ठूलो दुर्घटना हो । यसअघि दुईवर्ष पहिले टर्किस एयरको विमान दुर्घटनामा परेको थियो । तर सो दुर्घटनामा वायुयानमा क्षति पुगे पनि मानवीय क्षति भने भएको थिएन । दुर्घटनामा परेको टर्किस एयरको जहाज प्रयोग गरेर क्याप्टेन वेद उप्रेतीले हवाई संग्रहालय बनाएका छन्।  

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना 

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो। 

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन । 

पटक/पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ । सरकारले पछिल्लो दुर्घटना छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीवदेव तथा क्याप्टेन त्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्य सचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर सोमबारको दुर्घटनालाई गम्भीर दुर्घटनाका रुपमा टिप्पणी गर्नुहुन्छ । उनले भने – “ठूलो एवं गम्भीर दुर्घटना भयो। के कति कारणले जहाज दुर्घटनामा परेको हो, त्यसको छानबिनपछि मात्रै थाहा होला तर, जे जस्तो कारणले भएको भए पनि यो भयानक दुर्घटना हो।” 

दुर्घटनाका कारण पत्ता लाग्दैनन् 

विमानस्थलमै ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएका कारण अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो। 

काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन्। 

हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटक÷पटक छानबिन समितिसमेत गठन गरिए । प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ। 

प्राधिकरण गम्भीर 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले सोमबारको विमान दुर्घटनाले प्राधिकरणलाई थप गम्भीर र संवेदनशील बनाएको बताउनुभयो । उहाँले के कति कारणले विमान दुर्घटना परेको हो भन्नेबारेमा भने आयोगको प्रतिवेदन नआएसम्म आफूहरुले केही बताउन नसक्ने उल्लेख गर्नुभयो । एकल धावनमार्गका कारण हवाई ट्राफिक बढेको सन्दर्भमा निर्माणाधीन विमानस्थलको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता बढेर गएको छ। 

नेपालमै थप विमानस्थल नभएका कारण कुनै दुर्घटना हुने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन नसक्दा धेरै उडान अन्यत्र फर्काउनु परिरहेको छ । सोमबार पनि एक दर्जन बढी उडान लखनऊ र कोलकातातर्फ फर्काउनु परेको थियो भने केही उडानलाई आकाशमै ‘होल्ड’ गर्नुपरेको थियो। 

दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था युएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सो वायुसेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको हो । सातामा चार दिन काठमाडौँमा उडान गर्ने सो वायुसेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायुसेवा प्रदायकमा गनिन्छ। 

- रमेश लम्साल/सिबी अधिकारी - रासस

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्