काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका बंगलादेशी नागरिकका आफन्तजन काठमाडौं आइपुगेका छन्।
मृतक यात्रुका ४६ जना आफन्तलाई लिएर विमान स्थानीय समय अनुसार बिहान ९ बजे काठमाडौंका लागि उडेको युएस–बाङ्ला एयरलाइन्सका प्रबन्ध निर्देशक मोहम्मद कामुरुल इस्लामले बताए। विमान बिहान साढे १० बजे काठमाडौंको विमानस्थलमा अवतरण गरेको जनाइएको छ।
सोमबारको विमान दुर्घटनामा ५० जनाको मृत्यु भएको छ। विमानमा ३२ जना बंगलादेशी नागरिक सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।