• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भुटान हार्नकै लागि मात्र आउँदैन!

‘समर्थक आफ्ना नहुने भए’
64x64
ऋग्वेद शर्मा सोमबार, मंसिर २३, २०७६  १५:२३
1140x725

काठमाडौं- ‘अब भुटान हार्नकै लागि मात्र आउँछ भन्ने अवस्था त फेरियो! हामीसँग अरु टिम पनि डराउनु भुटानी फुटबलको लागि निकै राम्रो कुरा हो’ १३औं साग पुरुष फुटबलमा फाइनल पुगेको भुटानी टिमका प्रशिक्षक पेमा दोर्जीले उत्साहित हुँदै सुनाए। 

फुटबल फाइनलमा भुटान र नेपाल मंगलबार दिउँसो ३ बजे खेल्दैछन्। त्यसमा फुटबल समर्थकको विशेष नजर भुटानी टिममाथि नै देखिन्छ। भुटानले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दा नै मानिसहरुको प्रतिक्रिया थियो- ‘ओहो! भुटानले बंगलादेशलाई हरायो!’ 

बंगलादेशलाई १-० ले हराएको भुटान लिग चरणको दोस्रो खेलमा नेपालसँग ४-० ले पराजित भयो। त्यसबेला पनि दर्शकहरु नेपाली टिमको खेलभन्दा भुटानको कमजोर फुटबललाई नै कारण मानिरहेका थिए। तर, त्यसपछिका दुई खेलमा भुटानले यसरी चकित पार्यो कि सबै तीनछक रहे। तेस्रो खेलमा भुटानले माल्दिभ्सलाई २-१ ले हरायो, त्यसपछिको खेलमा श्रीलंकालाई ३-० ले हराउँदै लिगको शीर्षमा रहेर पहिलो पटक फुटबल फाइनल पुग्यो। 

भुटानी फुटबलको यो सबै क्षणहरु नियालिरहेका दर्शक अझ छक्क पर्नेछन् जब उनीहरुलाई थाहा हुन्छ- ‘सागमा खेल्नका लागि भुटानी टिमले एक हप्ता मात्रै अभ्यास गरेर आएको थियो।’

‘हामीले सबै टिम एक ठाउँमा बसेर अभ्यास गरेको एक हप्ता मात्रै नै हो। किनभने २३ नोभेम्बरसम्म त राष्ट्रिय लिग फुटबल नै चलिरहेको थियो’ प्रशिक्षक दोर्जीले सुनाए।

‘बैंक अफ भुटान प्रिमियर लिग फुटबल’ (बिओबी) को नाममा हुने राष्ट्रिय लिगमा व्यस्त रहेकाले टिमले एकठाउँमा अभ्यास गर्न पाएन। नेपाली टिमका खेलाडी क्बलमा व्यस्त भएर देशका लागि खेल्ने बेला आइपर्ने अनेक समस्या भुटानको टिममा भने थिएन। क्लबमा नै रहँदा पनि खेलाडीहरु फिट थिए। जसको कारण टिमको अभ्यास एक हप्ता नै पनि पर्याप्त भयो। 

‘लिग चल्दा सोमबारदेखि शुक्रबारसम्म क्बलको अभ्यास नहुने बेलामा मात्रै राष्ट्रिय टिम जमघट हुन्थ्यो। त्यसमा पनि अघिल्लो दिन खेल भएका खेलाडीहरुलाई भोलिपल्ट नै अभ्यासमा बोलाउन पनि मिलेन।

Ncell 2
Ncell 2
nimb
nimb

अभ्यासमा आउन पनि ५/६ घन्टाको दुरीसम्म पथ्र्यो। बसको यात्रामा यसै पनि थाकिन्छ, त्यस्तो अवस्थामा पनि अभ्यास त हुन सक्दैन थियो’ प्रशिक्षकले दोर्जीले बताए। 

त्यस्तै कारण चाहेर पनि भुटानी खेलाडीले एक ठाउँमा अभ्यास गर्न पाएनन्। अभ्यासका भएका बेला पनि कहिले १० जना त कहिले १५ जना राखेर अभ्यास भयो। यसको कारण क्लबका प्रशिक्षकको राम्रो योजना रहेको दोर्जी बताउँछन्। ‘सबै मिसाएर एक हप्ता अभ्यास गर्दा पनि टिम राम्रो नै भयो। क्लबको प्रशिक्षकहरुले पनि राम्रै काम गर्नुभयो। सबै केटाहरु फिट नै थिए। जो खेलको राम्रो लयमा छ हामीले उसैलाई छानेर ल्यायौं’ उनले भने। 

भुटानमा अहिले लिग फुटबलको माहोल पनि राम्रो भइरहेको छ। लिगमा प्राय फुटबल एकेडेमीबाट नै आएका खेलाडीहरु छन्। अहिले नेपालमा खेल्न आएका खेलाडीहरुमा पनि धेरै त एकेडेमीका नै छन्। 

तर, एकेडेमीकै पनि उत्कृष्ट खेलाडीहरुलाई भुटानले नेपाल ल्याउन पाएन। किन त? प्रशिक्षकले सुनाउँछन्- ‘हामीले अहिले सागको लागि आउँदा योभन्दा राम्रो खेल्ने केही खेलाडीहरु छाडेर आनुपर्यो। उनीहरुको अहिले नै परीक्षा परिदियो। त्यसले गर्दा टिम अझ जस्तो बलियो हुनुपर्ने हो त्यस्तो होइन।’

टिमको राम्रो प्रदर्शन हुनुमा प्रशिक्षक दोर्जीकै सोच पनि विशेष देखिन्छ। कुन अवस्थामा कसरी बढ्ने र कुन टिमविरुद्ध कसरी खेल्ने भन्ने उनको रणनीतिले प्राय काम गरिरहेको पनि छ। ‘मैले मात्र होइन असिस्टेन्ट कोचले पनि मिलेर हरेक खेललाई विचार गरिरहेका छौं। एउटा खेल खेलिसकेपछि त्यसको अवस्था कस्तो हुन्छ भनेर पनि सोचेका छौं। अब कसरी अगाडि बढ्नुपर्छ भनेर तयारी गरेका छौं। यो सबै कुराले नै राम्रो नतिजा आइरहेको हो’ उनले भने। 

भोलि कोसँग खेल्ने, कसरी डिफेन्स गर्ने, कसरी अट्याक गर्ने भन्ने प्रशिक्षकको सोचअनुसार खेलाडीहरुको काम पनि चलिरहेको छ। खेलाडीहरु सबै जोशमा देखिन्छन्। केही न केही गर्नुपर्छ भन्ने सोच बलियो छ।

उनीहरुमा भुटानबाट आउने बेलामा नै नेपालमा केही राम्रो नै गर्छौं भन्ने विश्वास थियो। उनीहरुले सोचेको जस्तो भइरहेको पनि छ। भुटानको टिमको अहिले बलियो पक्ष नै खेलाडीको ‘फिटनेस’ र ‘टिम स्ट्रेन्थ’ हो। त्यसले टिमको संयोजन पनि राम्रो भएको छ। 

‘पहिले त भुटानलाई सबैले सामान्य टिमका रुपमा नै लिन्थे। अहिले त्यो फेरिएको छ जस्तो लाग्छ। जे होस् दक्षिण एसियामा भुटानलाई कमजोर नसोच्ने गरी नै हामी अगाडि बढ्छौं’ दरिलो आवाजमा प्रशिक्षक दोर्जीले सुनाए।

साग खेलिरहेको भुटानको २३ वर्षमुनिको टिममा रहेका प्राय खेलाडीको उमेर २० को नजिक छ। तीन जना सिनियर खेलाडी राख्न पाइने नियमअनुसारका तीन खेलाडी पनि २६ वर्ष हाराहारीका छन्। सिनियर तीन खेलाडीले टिममा राम्रो भूमिका खेलिरहेका छन्। उनीहरुले टिममा राम्रो गर्दा अरु खेलाडीलाई पनि सहज भइरहेको छ। 

यही टिम नै राष्ट्रिय टिमका रुपमा अगाडि बढ्दा त धेरै नै राम्रो दोर्जीको विश्वास छ। उनी भन्छन्- ‘भुटान फर्किएपछि हामी अझ खेलाडीहरु छाटकाट गर्ने छौं। छुटेका केही राम्रा खेलाडीहरु टिममा राख्ने छौं। र राम्रो गर्न नसकेका केहीलाई बाहिर राख्ने छौं।’ 

उदाउँदो भुटानी फुटबल सागको फाइनलमा पुगेपछि भुटानको माहोल निकै फेरिएको छ। टिम फाइनल पुगेपछि भुटानका प्रधानमन्त्रीले ट्वीटमार्फत नै खुसी व्यक्त गर्दै टिमलाई शुभकामना दिए। ‘यो खबर हाम्रो अपेक्षाभन्दा ठूलो हो। यो नयाँ सुरुवात हो’ उनले ट्वीटमा लेखेका छन्। 

भुटानका प्रधानमन्त्रीले मात्रै होइन हरएक भुटानी फुटबलले दिएको खुसीमा सामेल छन्। फाइनल हेर्नका लागि केही दर्शक विमान नै चार्टर गरेर नेपाल आउँदै छन्। त्यसमा केही उच्चपदस्थ व्यक्तिहरु पनि छन्। 

भुटानको माहोल सुनाउँदै प्रशिक्षक दोर्जी पनि भन्छन्- ‘भुटानमा मानिसहरु निकै खुसी छन्। सबै जोशमा छन्। भुटानमा मैदानमा नै भिडियो लाइभ गर्ने कुरा पनि भइरहेको छ रे। त्यसले गर्दा मानिसहरु पनि थुप्रै भेला हुन्छन्।’

फाइनलमा भुटानको जित भएमा नयाँ इतिहास त बन्ने नै छ। हारेमा नै पनि साग फुटबलको फाइनलमा पुग्नु भुटानको लागि ठूलो प्राप्तिको विषय बनिसकेको छ। ‘हारिन्छ या जितिन्छ त्यो त खेलकै कुरा भयो। तर हामी स्वर्ण पदकका लागि मेहनत गर्नेछौं। नेपालका प्रशिक्षक बालगोपाल महर्जनको तरिका पनि गोलका लागि नै बढ्ने खालको छ, मेरो सोच र तरिका पनि गोलमा नै केन्द्रित भएर अगाडि खेल्ने हो। हेरौं के हुन्छ,’ प्रशिक्षक दोर्जीले भने, ‘हाम्रो देशको मानिसहरुले पनि गोलमा नै बढेर खेल्नु भन्ने सन्देश दिइरहेका छन्।’

गएको दुई वर्षदेखि राष्ट्रिय टिमको समेत प्रशिक्षक रहेका दोर्जी भुटानको राष्ट्रिय टिमबाटै झण्डै १४ वर्ष फुटबल खेलेका खेलाडी हुन्। २०१३ मा नेपालमा नै भएको साफ च्याम्पियनसिपमा उनले अन्तिम पटक राष्ट्रिय टिमबाट खेलेका थिए। त्यसले पनि नेपाली मैदानसँग उनको विशेष लगाव छ। दोर्जी आफूले खेल्ने समयभर कमजोर आँकिएको भुटानी फुटबल अहिले आफू प्रशिक्षक भएर सुधार गर्न पाएकोमा अझ खुसी छन्। 

‘भुटान र नेपाल ठाउँ पनि उस्तै नै लाग्छ। मानिसहरु पनि उस्तै देखिन्छन्। यहाँको भूबनोट भुटानको भन्दा अलिकति उचो हो कि जस्तो लाग्यो। अरु त सबै हाम्रै जस्तो छ’ मीठो नेपाली लवजमा प्रशिक्षक दोर्जीले सुनाए। 

फाइनल पुगेर पनि भुटानका लागि केही खल्लो भएको छ। त्यो हो- ‘नेपाली समर्थक आफ्ना नहुने भए भन्ने चिन्ता।’

‘हाम्रो इच्छा त फाइनलमा बंगलादेशसँग खेल्ने नै थियो। त्यसमा हाम्रो स्वार्थ के भने घरेलु समर्थकको साथ हामीले पाउने थियौं। यहाँका मानिसले भुटानलाई माया गर्छन् भन्ने हामीलाई थाहा छ। तर नेपालसँग नै फाइनल पर्दा पनि दुःखी त छैनौं। नेपालसँग खेल्ने मन पनि हो’ प्रशिक्षक दोर्जीले भने। 

लिगको खेलमा नेपालसँग ४ गोल खाएर हारेकाले पनि फाइनलका लागि भुटानी टिम विशेष चनाखो भइरहेको छ। हारेको त्यही खेललाई विश्लेषण गरेर टिम अगाडि बढ्दै छ। त्यसको लागि हल्चोक मैदानमा सोमबारको अन्तिम अभ्यास विशेष हुनेछ। टिमका केही सुधारहरु गर्नुपर्ने प्रशिक्षक दोर्जीले ठम्याएका छन्। ‘पहिलो खेलमा बंगलादेशलाई हराएपछि नै नेपालसँग खेल्दा केटाहरुले दोस्रो हाफमा राम्रो खेल्न सकेको थिएन, अहिले त आराम पनि पाएका छौं। नतिजा राम्रो होला भन्ने लागेको छ’ दरो विश्वासका साथ प्रशिक्षक दोर्जीले बताए। 

प्रशिक्षक दोर्जी जस्तै विश्वास र बलियो मनोबलमा छन् कप्तान चेन्चो ग्याल्सेन पनि। 

भुटान दक्षिण एसियाली फुटबलमा राम्रो टिम हो भन्ने छाप पारेरै छाड्नेमा उनी विश्वस्त देखिन्छन्। उनले भनेजस्तै खेल पनि देखिइरहेको छ। 

‘भुटानको टिम सहभागी हुनका लागि मात्रै जाने जस्तो भइरहेको थियो। तर योपटक खेलाडीहरु सबै नै सहभागी हुन मात्र आउने मनस्थितिमा थिएनन्। राम्रो खेलेर हामीले जित्नुपर्छ भन्ने सोच नै थियो। स्वर्ण पदक जित्नका लागि नै हामी यहाँ आएका हौं’ उनले भने।

आफूहरुको टिम राम्रो हुनुमा भुटानमा रहेका क्लबलाई धन्यबाद दिनुपर्ने भन्दै उनी भन्छन्- ‘एक हप्ता मात्रै हामीले सबै खेलाडी मिलेर अभ्यास गर्न पाएका थियौं। यसका लागि क्बलका प्रशिक्षकहरुलाई धन्यबाद दिनुपर्छ। सबै क्बलमा खेलाडीहरु फिट थिए। एक हप्तालाई हामीले सक्दो उपयोग गर्यौं। मुख्य कुरा नै अनुशासन र फिटनेस हो, त्यो भयो भने खेलमा त प्रशिक्षकको रणनीतिअनुसार खेल्दा राम्रो नै हुन्छ।’

भुटानी क्लबका लागि आभार रहेका ग्याल्सेन आफै भने भुटानको लिग खेल्दैनन्। कहिले थाइल्याण्ड त कहिले भारतमा खेलिरहेका उनी अहिले पनि सागकै लागि भनेर भुटान पुगेका थिए। भारतीय फुटबल लिग ‘आईलिग’ मा उनले गएको सिजन बैंगलरुबाट खेले। त्यसअघि मिनेर्बा पञ्जाबबाट पनि खेले। मिनेर्बामा नै रहँदा अहिले नेपाली राष्ट्रिय टिमका कप्तान रहेका किरण चेम्जोङसँग आफ्नो राम्रो सम्बन्ध रहेको ग्याल्सेन खुसी हुँदै सुनाउँछन्। 

‘किरण र म रुममेट नै थियौं। किरणले नेपालको फुटबल राम्रो छ तर राम्ररी लिग हुन सकिरहेको छैन भन्ने कुराहरु गथ्र्यो। नेपाल र भुटान त अब दाजुभाइ जस्तो नै रहेछ। म र किरण पनि मिनेर्बामा बस्दा दाजुभाइ जसरी नै बसेका थियौं’ मीठो मुस्कानसहित उनले सुनाए।  

अब नेपाली भूमिमा इतिहास बनाइरको ग्याल्सेन फाइनलमा पनि आफ्नो टिमले राम्रो गर्नेमा विश्वस्त देखिन्छन्। दबाबबिना आफ्नो खेलमा ध्यान दिने उनको भनाइ छ। यसले भुटानको फुटबल विकासमा नै एक र्ईंट थप्ने उनलाई लाग्छ। भन्छन्- ‘अब मुख्य कुरा ब्यवस्थापनबाट कसरी काम हुन्छ भन्ने हो। अहिले ब्यवस्थापनबाट काम राम्रो भइरहेको छ। फुटबललाई धेरै महत्व दिइन्छ। त्यसले गर्दा राम्रो नै होला भन्ने लाग्छ। पहिले त सागमा स्वर्ण जितेर इतिहास बनाउँ त्यसपछि त अझ फुटबलको विकास हुने नै छ।’

श्रीमती र सानो बच्चासहित नेपालमा रहेका उनी खेलबाहेकको नेपाल बसाई पनि राम्रो भइरहेको सुनाउँछन्। ‘नेपाल बसाइ राम्रो नै भइरहेको छ। खानेकुरा पनि हामीले भुटानमा जे खान्छौं त्यही नै छ। मौसम पनि उस्तै नै त छ। यहाँ ठमेल नजिकै केही ठाउँहरु घुम्यौं। खेलका लागि व्यस्त भएकाले धेरै ठाउँमा जान पाएको छैन।’

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्