• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सिंहदरबारभित्रकै मजदूरले पाउँदैनन् ऐनअनुसार पारिश्रमिक

64x64
नेपाल लाइभ सोमबार, मंसिर २३, २०७६  १३:३४
1140x725

काठमाडौं- पाँचथरकी चित्रकला लिम्बु सिंहदरबारभित्रका बँगैचामा दैनिकजसो भेटिन्छिन्। कहिले फूल काट्दै भेटिने उनी कहिले फूल रोप्न खनिरहेकी हुन्छिन्। कहिले फूलमा पानी हालिरहेकी हुन्छिन्। 

उनले सहरी विकास मन्त्रालयअन्तर्गत रहेर सिंहदरबार भित्रका फूलबारीमा मालीका रुपमा काम गर्न थालेको १६ वर्ष बितिसक्यो।

दैनिक ज्यालादारीमा काम गर्न थालेकी उनको ज्याला दैनिक १ सय रुपैयाँमात्रै थियो। मासिक २६ सय मुस्किलले कमाउँथिन्। 

अहिले बढेर उनको कमाइ मुस्किलले १०÷१२ हजार पुग्छ। बाँकी अरु केही सेवासुविधा पनि पाउँदिनन्। 

काम गर्न थालेको अलिक वर्षपछि करारमा राखिदिए हुन्थ्यो भन्ने आशा उनलाई लागेको थियो। तर उनको आशा १६ वर्ष काम गर्दा पनि पुरा भएन। 

‘सेवा गर्दागर्दै बुढेसकाल लाग्न लाग्यो। अरु सरकारी कर्मचारीको भए पेन्सन पाक्ने बेला हुन लाग्यो, मलाई त करारमै पनि राखेनन्’, ५० वर्षीया चित्रकलाले नेपाल लाईभसँग एकै सासमा सुनाइन्, ‘करारमा राखेको भए बरु अलि धेरै तलब र सेवासुविधा पनि पाइन्थ्यो कि? हाम्रो कुरा कसले सुन्ने?’

जागिर जाने डरले खुलाउँदैनन् समस्या 

फूलबारीमा मालीको रुपमा काम गर्ने उनी सहित ३ जना छन्। एक महिला सुदूरपश्चिमबाट र एक पुरुष बाराबाट छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरू दुई जनाले सिंहदरबारमा मालीको रुपमा काम गर्न थालेको ६ महिना भयो। 

सबै कुरा भन्यो भने बल्लतल्ल पाएको जागिर जाने हो कि भन्ने डरले उनीहरूले सबै कुरा सुनाएनन्। 

‘हामीभन्दा धेरै अगाडिदेखि काम गर्ने चित्रकला दिदीको कुरा सुनिहाल्नु भयो, हामी त नयाँ हो’, ती महिलाले नेपाल लाईभसँग यतिमात्रै भनिन् र आफ्नो काममा लागिन्। 

सिंहदरबारभित्र फूल काट्ने काम गरिरहेका बाराका पुरुषले आफ्नो नाम खुलाएनन्। तर उनले आफ्नो थोरै कथा सुनाए। उनी मलेसिया रोजगारीमा ५ वर्ष मालीकै रुपमा काम गरेर फर्किएका रहेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मलेसिया काम गर्दागर्दै उमेर सकिसक्यो, अब नेपालमै केही गरौँ भनेर फर्किएको। नेपालमा काम गरेर छाक टार्नै मुस्किल छ’, ३३ वर्षे उनले भने। 

मलेसिया र नेपालमा काम गर्ने तरिका नै फरक भएको उनको भनाइ छ। 

‘यहाँ काम पनि व्यवस्थित छैन, बल्लबल्ल ज्यालादारीमा काम पाएको छु। ओभरटाइम काम गर्छुभन्दा त्यो सुविधा पनि छैन। यो ज्यालाले मात्रै पुग्दैन,’ उनले सुनाए। 

न्यूनतम तलब नपाएको कुरा गर्ने श्रमिकहरूलाई ऐनअनुसार सामाजिक सुरक्षा लगायतका अन्य सेवासुविधा के–के पाइन्छ भन्ने जानकारी छैन। चित्रकला भन्छिन्, ‘हामी ज्यालादर बढ्ने आशले बस्छौँ, अरु सेवासुविधा के–के पाइन्छ, केही थाहा छैन।’ 

क्यान्टिनमा काम गर्नेको पनि उस्तै समस्या 

सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने मजदूरहरू पनि आफूहरूले न्यूनतम पारिश्रमिक नपाएको गुनासो गर्छन्। तर जागिर जाने डरले खुलेर आफ्नो समस्या कसैलाई सुनाउँदैनन्।े एक क्यान्टिनमा भाँडा माझ्ने काम गर्ने युवतीले अघिल्लो वर्ष ९ हजार मासिक तलब पाउँथिन्। यस वर्षदेखि २ हजार बढाएर बल्ल ११ हजार बनाइएको छ। 

‘काम पाउन निकै मुस्किल छ, न्यूनतम तलबको कुरा गर्न थाल्यो भने बल्लबल्ल पाएको काम पनि गुम्ने खतरा छ के गर्नु,’ आफ्नो खाइपाइ आएको जागिर गुम्ने डरले उनी सबै कुरा खुलाउन चाहँदिनन्। 

उनीजस्ता सिंहदरबारभित्रै मजदूरी गर्ने थुप्रै श्रमिकलाई श्रम ऐनको अनुभूति हुन सकेको छैन। न्यूनतम पारिश्रमिकलगायत सेवासुविधाबाट उनीहरू वञ्चित छन्। 

श्रम ऐनले नियमित रोजगारी, कार्यगत रोजगारी, समयगत रोजगारी, आकस्मिक रोजगारी, आंशिक रोजगारी गरी ५ किसिमका रोजगारीको व्याख्या गरेको छ। 

नियमित रोजगारीसँगै सबै किसिमका रोजगारी गर्ने मजदूरलाई पनि ऐनले पारिश्रमिक, आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चय कोष वा सामाजिक सुरक्षालगायत व्यवस्था गरेको छ। 

 के भन्छ श्रम विभाग ? 

श्रमिकहरूले ऐनअनुसार तलब तथा सेवासुविधा नपाएमा श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागअन्तर्गत श्रम कार्यालयहरूमा उजुरी दिन सक्छन्। 

सिंहदरबार वा अन्य जुनसुकै क्षेत्रका श्रमजीवीले उजुरी नगरी न्यूनतम पारिश्रमिक पाएको वा नपाएको जानकारी नहुने विभागको भनाइ छ। 

श्रम कार्यालयहरूमा श्रमिकले न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा नपाएका उजुरी निकै कम आउने गरेको विभागका निर्देशक सूर्यप्रसाद उपाध्याय बताउँछन्। 

‘न्यूनतम पारिश्रमिक तथा सेवासुविधा नपाएका सम्बन्धमा श्रम कार्यालयहरूमा त्यति धेरै उजुरी परेका छैनन्, उजुरी परेमात्रै कहाँ, के समस्या छ भन्ने जानकारी हुन्छ।  न्यूनतम पारिश्रमिक कार्यान्वयनकै लागि हामीले श्रम अडिटको व्यवस्था गरेका छौँ, अनुगमन पनि भइरहेको छ,’ निर्देशक उपाध्याय भन्छन्। 

श्रमिकहरू न्यायको पहुँचबाट टाढा

श्रम कार्यालय टेकु तथा श्रम अदालत अनामनगरमा न्यूनतम पारिश्रमिक, बोनस, ग्रेडवृद्धिलगायत ऐन बमोजिमका सेवासुविधा नपाएका तथा बिना कारण कामबाट निष्काशन गरिएका उजुरी निकै कम संख्यामा मात्रै आउँछन्। 

श्रम कार्यालय टेकुका अनुसार कार्यालयमा यस्ता खालका समस्या लिएर दैनिक ५ देखि ७ जनासम्म श्रमिक आउँछन् भने श्रम अदालतमा दैनिक ३ देखि ५ वटा मुद्धा आउँछन्। अदालतका स्रेस्तेदार  जीवन भण्डारीका अनुसार ऐनअनुसार पारिश्रमिक तथा सेवासुविधा नपाएको तथा विभिन्न समस्यामा परेको गुनासो लिएर आउने श्रमिकको हालको संख्या ज्यादै न्यून हो। 

‘नेपालमा ठूलो संख्यामा श्रमिकहरू न्यूनतम पारिश्रमिक पाउनबाट बञ्चित छन्। तर पनि उनीहरू उजुरीका लागि अदालतसम्म आइपुग्दैनन्’, भण्डारी भन्छन्, ‘वास्तविक पीडित श्रमिकहरू अदालतसम्म आइपुगेकै छैनन्। उनीहरू कतिपयलाई श्रम अदालतबारे जानकारी पनि नहुन सक्छ।’ 

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट मंगलबार, कात्तिक २४, २०८३
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना मंगलबार, कात्तिक २४, २०८३
डलरको भाउ १५० रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? मंगलबार, कात्तिक २४, २०८३
अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा मंगलबार, कात्तिक २४, २०८३
एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्