चितवन – सोमबार सांँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउंँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए । बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना भएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात थापा जहाज दुर्घटनामा निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो भए। उनीमात्र होइन अन्य धेरै बिरामी पनि उनको पर्खाइमा थिए।
डा थापासंँग टाउकाको शल्यक्रिया गरेर रोगको उपचार गर्ने सापकोटाको चाहना अहिले सपना मात्रै भएको छ । टाउकोमा रगत जमेका कारण उहांँको दायांँ हात चलेको छैन । डा थापाले टाउकाको दायांँ भागमा रगत जमेको र आफू फर्किएपछि शल्यक्रिया गर्ने जनाएकाले सापकोटा उक्त अस्पतालमा भर्ना भए।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा थापाबाटै शल्यक्रियाको पर्खाइमा तीनजना बिरामी अहिले पनि शय्यामै छन् । अस्पतालको न्यूरो विभागमा आइतबार र बिहीबार शल्यक्रिया हुन्छ। अन्य दिनमा २० देखि ४० बिरामी उपचारका लागि आउंँछन् । भरतपुरको चितवन अस्पतालका बिरामी पनि उहांँको पर्खाइमा थिए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूरो युनिटमा थापा प्रमुख थिए।
प्रधानले भने, “मैले एक्लै शल्यक्रिया गरेकी छैन, उहांँ आएपछि शल्यक्रिया गर्न तीनजना बिरामी शय्यामै छन् ।” उहाँका अनुसार ढाकामा भएको न्यूरो सर्जरीसम्बन्धी सम्मेलनमा सहभागी हुन डा थापा गएको मंगलबार यहांँबाट काठमाडौँ जानुभएको थियो । उहांँले विगत छ वर्षदेखि डा थापासंँगै काम गर्दै आउनुभएको छ।’
टाउकामा ठूला ट्युमर देखिए दिनमा एउटा र सानो भए तीन वटासम्म शल्यक्रिया गर्ने गरेको प्रधानको भनाइ छ । क्यान्सर अस्पतालमा थापाले २०५८ सालबाट काम गर्दै आएका थिए। राजधानी बाहिर केही वर्षअघिसम्म न्यूरो सर्जन उनीमात्र थिए।
चितवन अस्पताल प्रालिका कार्यकारी अध्यक्ष चूडामणि घिमिरेका अनुसार डा थापा शनिबार फर्कने भनेर आइतबार बिरामी बोलाइएको थियो । उनले भ्याएका बेला दैनिक २० बिरामी हेर्ने गरिन्थ्यो तर उहांँको फोन नलागेपछि बिरामी फर्किएको घिमिरेले बताए।
डा थापाले पछिल्लो समय शल्यक्रिया निजी अस्पताल एलाइभमा पनि गर्दै आएका थिए। उक्त अस्पतालका प्रमुख डा प्रमोद लामिछानेका अनुसार विगत सात वर्षदेखि थापाले त्यहांँका बिरामीको पनि शल्यक्रिया गर्दै आएका थिए।
डा लामिछानेलेभने, “बिरामी आउंँदा डा थापा मध्यरातमा पनि अस्पताल आएर शल्यक्रिया गर्नुहुन्थ्यो।” थापाकै प्रयोगका लागि उक्त अस्पतालले रु ६० लाख खर्च गरेर उपकरण खरिद गरेको थियो।
कुनै अस्पतालका बिरामीमा न्यूरोसम्बन्धी समस्या देखिएमा अन्य चिकित्सकले थापासंँग राय सुझाव लिने गरेका थिए । थापाले काठमाडौँको अल्का अस्पतालमा पनि बिरामी हेर्ने र शल्यक्रिया गर्ने गर्नुहुन्थ्यो । देशको मध्यभागमा दुर्घटना बढी हुने हुंँदा थापाको जिल्लामा माग र महत्व बढी थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।