Vianet Vianet
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १७, २०८३ Sun, May 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छोरीले खेल्न हुन्छ!

64x64
ऋग्वेद शर्मा शनिबार, मंसिर २१, २०७६  १२:५४
1140x725

काठमाडौं- पुष्पा भण्डारीले १३ औँ सागको म्याराथनमा रजत पदक जितिन्। ४२ किलोमिटरको दुरी उनले २ घन्टा, ५० मिनेट ११ सेकेन्डमा पूरा गरिन्। जुन उनले सबैभन्दा छिटो दौड पूरा गरेको समय हो। र, साग खेलकुदको म्याराथनमा महिला खेलाडीको तर्फबाट पहिलो पदक।  

पुष्पाभन्दा अघि श्रीलंकाकी हिरुनी केसराले २ घन्टा ४१ मिनेट २४ सेकेन्डमा दुरी पूरा गरिन्। पुष्पाले हिरुनीभन्दा ९ मिनेटपछि दुरी पूरा गरेर कान्छिमाया कोजुको २ घण्टा ५५ मिनेट ५७ सेकेण्डको राष्ट्रिय कीर्तिमान पनि तोडिन्। 

यसअघि पुष्पाले आठौँ राष्ट्रिय खेलकुदमा ३ घन्टा ६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। आठौंका बेला दोस्रो भएकी उनले साग खेलकुदमा देखाएको खेलले उनीभन्दा बढी खुसी छन् उनका गुरु धनिराम चौधरी र रबिन कुमार राई।

गुरु धनिराम जसले उनलाई राष्ट्रिय टिममा राखेर निरन्तर दौडका लागि तयार बनाए। पुष्पा आफैले ‘मैले सक्दिनँ कि!’ भन्ने सोचिरहँदा ‘तिमीले सक्छौ’ भनेर हौसलासँगै अभ्यास गराए। 

गुरु रबिनले त पुष्पालाई घरगाउँलेले खेलकुदमा लाग्न तगारो हालिरहँदा त्यसलाई भत्काउने काम गरे। उनलाई म्याराथन प्रतियोगिताहरुमा सहभागी गराउन आफैले लिएर हिँडे।

यसैले पुष्पाले रजत पदक जितेपछि गुरु रबिनका आँखा टिलपिलाएका हुन्। 

पुष्पालाई पदक जितेको यो खुसीको क्षणमा पनि सम्झनामा आइरहेको छ- ‘छोरीले खेल्न हुँदैन’ भन्दै उनीभित्रको इच्छालाई मारिएको। 

nimb
nimb
Ncell 2
Ncell 2

सल्यान माल्नेटामा हुर्किएकी उनले पहिले त आफ्नो दाइले जस्तै कराते खेल्न खोजेकी हुन्। तर ‘छोरी मान्छे भएर यसरी खेलकुदमा लाग्न हुँदैन’ भनेर उनलाई परिवारबाटै रोकियो। करातेमा देखेको सपना पूरा नहुने भएपछि उनी दौडन थालिन्। 

‘मेरो दाइ करातेको खेलाडी हुनुहुन्छ। उहाँले खेलबारे त कुरा गरिरहनुहुन्थ्यो। तर पनि केटी मान्छे खेलमा लाग्नु हुँदैन भनेर मलाई घरबाट खेल्न जान दिनु हुँदैन थियो। त्यो बेला छोरी मान्छेले खेल्न हुँदैन भनेर मेरो कराते सिक्ने इच्छा मारियो’ पुराना दिन सम्झिँदै पुष्पाले भनिन्।

करातेमा खेल्न नदिएपछि उनको मनमा अरु कुनै खेलकुदमा लाग्न पाए हुन्थ्यो भन्ने परिरह्यो। तर पनि गाउँठाउँमा सजिलो भने थिएन। ‘छोरी मान्छे खेल्न भन्दै बाहिर हिँड्न हुँदैन भन्थे। त्यस्तो बेला मलाई बुबाले भने समर्थन गर्नुभएको हो। मेरो जिल्लाको गुरु रबिन कुमार राईले पनि हौसलासँगै अरुलाई सम्झाउने काम पनि गरिदिनुभयो’, पुष्पाले सुनाइन्। 

गाउँमा आफ्नै सुरमा दौडँदै गरेकी उनी २०६८ सालमा धनगढीमा भएको छैठौँ राष्ट्रिय खेलकुदमा सहभागी भइन्। १५ वर्षको उमेरमा राष्ट्रिय प्रतियोगितामा दोस्रो भएर उनले पदक त पाइन् तर सोचेको सफलता पाइनन्।

‘अहिले सम्झँदा म्याराथनमा १५ वर्षकी केटी दोस्रो हुनु सानो कुरा थिएन जस्तो लाग्छ। तर पनि म गाउँमा नै हराएँ। कुनै क्लबले या राष्ट्रिय टिममा राखिदिएको भए यो भन्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ। गाउँमा बसिरहँदा पनि मनमा एउटा ईख थियो। पिर पनि थियो’ उनले सम्झिइन्। 

राष्ट्रिय खेलकुदमा दोस्रो भएकी उनी न त कुनै विभागीय क्लबको नजरमा परिन् न त राष्ट्रिय टिममा नै पर्न सकिन्। यसैले उनलाई लाग्यो- ‘खेलकुदबाट हुँदैन, अब मैले पढेर नै केही गर्नुपर्छ।’

सल्यानमा नै घरमा बसेर उनले १२ कक्षा पास गरिन्। दौड लगभग छुटिसकेको थियो। यो कुरा गुरु रबिन कुमार राईलाई चित्त परेन। उनलाई क्षमता भएकी एक खेलाडी यसै पछि परिरहेकी छ भन्ने लाग्यो। तब आफ्नै गाउँकी छोरीलाई खेलाउनै पर्छ भनेर उनले प्रतियोगिताहरुमा सहभागी गराउन लैजान थाले। गाउँलेले ‘छोरी मान्छेलाई बाहिर खेलाउन लिएर हिँड्ने कस्तो...’ भनेर जतिनै मनोबल घटाए पनि पुष्पाको क्षमता देखेका गुरु रबिन रोकिएनन्। 

गुरु रबिनसँग पुष्पा।

‘खेलेर नहुँदो रहेछ, पढेरै केही गर्नुपर्छ भनेर लागिरहँदा मेरो जिल्लाकै गुरु रबिन कुमार राईले तिमीले सक्छौ, तिमी दौडिनुपर्छ भनेर हौसला दिनुभयो’ गुरुतिर हेर्दै पुष्पाले भनिन्। 

रबिनले नै अभ्यास गराएर ०६९ सालमा लुम्बिनि च्याम्पियनसिपमा खेलाउन लगे। त्यहाँ पुष्पा पहिलो भइन्। लुम्बिनि च्याम्पियनसिप जितेपछि नै एपिएफले उनीसँग करार सम्झौता गरेर क्लबमा आबद्ध गराएको हो। एपिएफमा आएपछि त अभ्यास पनि नियमित भयो। 

‘उ पहिलेदेखि नै लगनशील हो। असाध्यै मेहनत गथ्र्यो। उसको मेहनत देखेर नै मैले उसले सक्छ भन्ने ठानेको थिएँ। त्यही देखेर नै मैले उसलाई दौडिनु पर्छ भनेर भनिरहेँ। अहिले त पहिला भन्दा धेरै राम्रो भएको छ,’ पुष्पाबारे रबिन भन्छन्, ‘मैले उसलाई जिल्ला क्षेत्र सबैतिर दौडाउन आफैले पनि पैसा हालेर लिएर हिँड्थे। पैसा भन्दा ठूलो त इज्जत र सन्तुष्टी नै हुने रहेछ। अहिले त्यो सन्तुष्टी पाएको छु।’

पुष्पाले खेल्न सुरु गरेदेखि म्याराथनमा खेलेकाले पहिले उनको ‘स्पीड’ राम्रो थिएन। उनलाई लाग्छ- ‘पहिलो पाँच हजार मिटर दौडमा सहभागी भएर म्याराथनमा आएको भए स्पीड राम्रो हुने थियो।’

तर सानो उमेरदेखि नै म्याराथनमा लागेकी उनले अरुतिर सोच्दै सोचिनन्। गुरुहरुले पनि भन्थे- ‘तिमीले म्याराथनमा मात्रै खेलेकाले स्पीडमा विकास हुँदैन।’ 

उनी आफैलाई पनि मैले सक्दिनँ कि भन्ने लागिरहन्थ्यो। ‘मेरो हाइट सानो छ अलि मोटो पनि छु, सक्दिन होला भन्ने सोचिरहँदा धनिराम गुरुले त्यो सबै कुरा मनबाट निकालेर अभ्यास गर सक्छौ भन्नुभएको थियो’ पुष्पा सम्झिन्छिन्, ‘उहाँको हौसला र ट्रेनिङले नै म खारिएँ।’

२४ वर्षकी पुष्पा अहिले एपिएफमा प्रहरी परिचरको जागिरमा पनि छिन्। एपिएफमा स्थायी नै भएको पनि एक वर्ष भयो। 

सागमा म्याराथनमा महिलातर्फ नेपालकै पहिलो पदक हो भन्दा पुष्पामा खुसी अझ थपिएको छ। भन्छिन्- ‘राष्ट्रिय प्रतियोगिताहरुमा त पदकहरु जितेकै थिएँ। त्यहाँ आफ्नैहरुसँग प्रतिस्पर्धा हुन्थ्यो। यो अन्तर्राष्ट्रिय स्तरमा देशका लागि पदक जित्न पाउँदा त निकै खुसी लागेको छ।’ 

नेपालका लागि पदक दिलाउँदाको खुसी पुष्पाले शब्दमा ब्याख्या गर्न सकिरहेकी छैनन्। व्यक्तिगत समयमा पनि सुधार गरेर कान्छीमायाको राष्ट्रिय कीर्तिमान तोड्दा अझ बढी खुसी लागेको छ। 

उनी भन्छिन्- ‘अब ओलम्पिकसम्म खेल्न जाने लक्ष्य छ। हेरौँ के हुन्छ। म मेहनत गरिरहने छु। अहिले त घरबाट पनि राम्रो सहयोग छ। जितिरहेकी पनि छु नि त।’ 

पुष्पाको खेलले गुरु धनिराम पनि असाध्यै खुसी छन्। ‘उनले राम्रो गरेकी हुन्। राष्ट्रियमा दोस्रो आएकी खेलाडी सागमा यो स्तरमा पुग्नु निकै राम्रो हो। नेपाली खेलाडीको मेडल नै नभएको महिला म्याराथनमा पुष्पाको मेडलले ठूलो महत्व राख्छ।’
 

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
एसियन गेम्स छनोट : नेपालले दियो चीनलाई ३१४ रनको विशाल लक्ष्य, भुर्तेलको आक्रामक शतक आइतबार, जेठ १७, २०८३
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित शनिबार, जेठ १६, २०८३
कोशी सरकारले सार्वजनिक गर्‍यो आगामी वर्षको नीतिगत प्राथमिकता (पूर्ण पाठ) शनिबार, जेठ १६, २०८३
सञ्जालको लहरबाट उदाएका शक्ति दिगो हुँदैनन् : वर्षमान पुन शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी शनिबार, जेठ १६, २०८३
कम्युनिस्टसँग काँध मिलाउँदा मिलाउँदै आफ्नै चाल बिर्सियौं : आङ्देम्बे शनिबार, जेठ १६, २०८३
कांग्रेसबाट उम्मेदवार बन्न ‘लिडरसिप एकेडेमी’मा भर्ना भएर एउटा कोर्स पूरा गर्नुपर्छ: गगन थापा शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्