गौरिकाले जितिन् दोस्रो स्वर्ण

नेपाल लाइभ | २०७६ मङ्सिर २० शुक्रबार | Friday, December 06, 2019 १७:२४:०० मा प्रकाशित

ललितपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा शुक्रबार भएको २ सय मिटर ब्याक स्ट्रोकमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्। उनले २ मिनेट १७.७३ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन्।

त्यस्तै, भारतकी मन्ना पटेलले रजत पदक पाइन् । उनले २ मिनेट २०.७० सेकेण्डमा निर्धारित दूरी पूरा गरिन्। त्यस्तै, कास्य पदक श्रीलंकाकी गंगा सेनले पाइन्।

यसअघि स्वीमिङको इतिहासमा व्यक्तिगत स्पर्धामा बिहीबार २ सय मिटर फ्रि–स्टाइलमा गौरिकाले स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी थिइन्।