काठमाडौं- साग पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ।
नेपालले पहिले ब्याटिङ्ग गर्दै १ सय ६४ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ६ विकेट गुमाउदै माल्दिभ्स ७९ रनमात्र जोड्न सफल भयो।
नेपालका लागि करण केसीले २ ,अविनास बोहोरा र लक्ष्मण राजवंशीले एक-एक विकेट लिएका थिए। नेपालका लागि करण केसीले सर्वाधिक ४० रन जोडेका थिए। नटआउट रहेका केसीले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरेका थिए।
त्यस्तै नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३९ रनको दिलाएका थिए। यसैगरी पारस खड्का ११ रनमा आउट हुदाँ कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भएका थिए।
माल्दिभ्सका लागि मोहम्मद अजामले सर्वाधिक १७ रन जोडे। शुक्रबारको खेलमा प्लेयर अफ द म्याच करण केसीको अल राउन्ड प्रर्दशनपछि नेपालले साग गेममा माल्दिभ्सविरुद्ध जित निकालेको हो।
फाइल फोटो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।