• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

दशरथ रंगशाला काण्डको ३० वर्ष : ९३ को ज्यान लिने ५ मिनेटको हावाहुन्डरी

64x64
नेपाल लाइभ आइतबार, फागुन २७, २०७४  २३:४५
1140x725

२०४४ फागुन २८
स्थान : दशरथ रंगशाला

अनिल रूपाखेती, जनकपुर चुरोट कारखाना (जचुका) टिमका पूर्व स्ट्राइकर। जब उनी त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल खेल्न दिउँसो साढे एक बजे काठमाडौंको भोटेबहालस्थित कालीगण्डकी होटलबाट दशरथ रंगशाला जाँदै थिए। उनको मनमा एउटै डरले डेरा जमाएको थियो– के हामीले बंगलादेशको मुक्ति जोधा क्लबलाई हराएर देशभरबाट रंगशालामा जम्मा भएका आफ्ना समर्थकलाई उत्साहित पार्न सकौंला?

त्यतिबेला नेपालको अर्को जल्दोबल्दो क्लब रोयल नेपाल एयरलाइन्स (आरएनएसी) लाई सेमिफाइनलमा हराएर फाइनल पुगेको थियो, जचुका। त्यसैले फाइनल खेल हेर्न काठमाडौंका रैथाने दर्शक मात्र होइन, जनकपुरदेखि वीरगञ्ज, विराटनगर हुँदै बुटवलसम्मका करिब ३० हजार ‘फ्यान’ रंगशाला ओइरिएका थिए। आकाशमा बादल चलायमान थियो। फाइनल खेल्ने दुवै टोली दिउँसो २ बजे नै ‘वार्मअप’ का लागि मैदान प्रवेश गरिसकेका थिए। 

फिफा रेफ्री रोशन श्रेष्ठले ठीक २ बजेर ३० मिनेटमा फाइनल खेल सुरु भएको जनाउ दिन जब सिठी बजाए, अनिल आफ्ना कप्तान रामराज सिंहसँग बंगाली क्लबको सेखी झार्न फरवार्ड लाइनमा तैनाथ भए। उनलाई मिडफिल्डमा रचनात्मक सहयोग गरिरहेका थिए, गणेश पाण्डे, जीवन लामा र ललित थापाले। डिफेन्समा पुष्प केसी, इन्दु रसाइली, देवेन्द्र बस्नेत र राजेश थापाको सहयोग उत्तिकै थियो। तर, खेलको १७ मिनेटमा उत्तरपट्टि (टुँडिखेलतर्फ) जचुकाका गोलकिपर सुनिल गिरीलाई छक्याउँदै बंगाली मुक्ति जोधा क्लबले गोल हान्यो। प्याराफिटका सारा समर्थक स्तब्ध भए। 

त्यतिबेला दशरथ रंगशालाबाहिर ठूलो भीड थियो, थुप्रै समर्थक टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न रस्साकस्सी गर्दै थिए। गेटमा तैनाथ सुरक्षाकर्मी फुटबल संघका पदाधिकारीसँग टिकट जँचाउँदै दर्शकलाई भित्र पठाउँदै थिए।

सुरुमै एक गोलले पछाडि पर्नुपरेपछि अलिकति खुम्चेका अनिल खेलमा सन्तुलन मिलाउन साथीहरूलाई हौस्याइरहेका थिए। त्यसको दुई मिनेटपछि नै उनको सातोपुत्लो उड्यो। खेलको १९ मिनेटमा उनी बंगलादेशको हाफमा बसेर गोलको सम्भावित मौका कुरिरहेका थिए, यति ठूलो हावाहुन्डरी आयो, उनले आर्मी हेडक्वार्टर (उत्तरपट्टि) बाट रुखका ठूल्ठूला हाँगा आकाशमा उडेर आफूतर्फ आइरहेको देखे। 

‘जीवनमा यति भंयकर हवाहुन्डरीको सामना गरेको छैन। मैले रुखका हाँगा आफूतर्फ आइरहेको मात्र देखेँ। त्यसपछि एक्कासि मुसलधारे पानी पर्‍यो। अनि असिनापानी’, रंगशाला काण्डका रूपमा परिचित ३० वर्ष पुरानो घटना सम्झन्छन्, अनिल।

त्यतिबेला ज्यान जोगाउन अनिलसहित सबै खेलाडी भिआइपी बसेको प्याराफिटमुनि ओत लागेका थिए। त्यसपछि मात्र उनले आवाज सुने– ल मान्छे मर्‍यो!

Ncell 2
Ncell 2
nimb
nimb

ठूलो हल्लाखल्ला सुनेपछि उनले दक्षिणतर्फ आँखा घुमाए। हावाहुन्डरीले भागाभाग गर्ने क्रममा थुप्रै मान्छे किचिइसकेका रहेछन्। पछि रेडियो नेपालको समाचार सुनेपछि अनिलले थाहा पाए, करिब पाँच मिनेट आएको हवाहुन्डरीले ९३ जनाको ज्यान लिएछ। 

अनिल मात्र होइन, बंगलादेशी खेलाडी पनि हावाहुन्डरी नरोकिउन्जेल प्याराफिटमुनि नै बसे। पछि पुलिसको सुरक्षा घेराबीच बंगाली खेलाडीलाई होटलतर्फ लगियो। जचुकाका खेलाडी भने डराईडराई आफ्नो जर्सी खोलेर लुकाउँदै भोटेबहालस्थित होटल पुगे। 

‘त्यतिबेला धेरैले हामीलाई सराप्न थालिसकेका थिए। यस्तो घटना जचुकाले गर्दा भएको भन्ने आरोप लाग्न थालेपछि जर्सी लुकाउनुपर्‍यो’, अनिल सम्झन्छन्। उनीहरू आफ्नो गाउँठाउँबाट आएका साथीभाइ पनि घटनामा परे कि भनेर खोज्न त्यसै दिन वीर अस्पताल पुगेका थिए। तर, जर्सी लुकाएर।

‘कसैले आएर हिर्काउँछन् कि भनेर २ दिन डरले होटलको कोठामा थुनिएर बस्यौं’, अनिल सम्झन्छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो। तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाको छानबिन गर्न लम्साल आयोग गठन भयो। तीन महिनापछि आयोगले आफ्नो रिपोर्ट बुझायो– दशरथ रंगशाला काण्डमा व्यवस्थापनको कमजोरी भन्न नमिल्ने, तर २१औं शताब्दी अनुरूपको रंगशाला हुनुपर्ने अस्पष्ट कुरासहित। 

यो घटनाका कारण राष्ट्रिय खेलुकद परिषद्का सदस्य–सचिव शरदचन्द्र शाहमाथि यति धेरै दबाव पर्‍यो, उनी पदबाट राजीनामा दिन बाध्य भए। तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले भने घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्रसामु राजीनामा बुझाए। 

हावाहुन्डरी आउने दिन विष्ट ललितपुरस्थित लामाटार गाविसमा बनेको स्कुलको कार्यक्रममा सहभागी हुन गएका थिए। बीच बाटोमै पुगेपछि हुन्डरी आयो र उनी कार्यक्रममा सहभागी हुन सकेनन्। बाटोमा रुख ढलेका कारण उनलाई काठमाडौ फर्किन गाह्रो पर्‍यो। साँझ मात्र उनले थाहा पाए, रंगशाला काण्डमा धेरैको ज्यान गएको कुरा। 

‘त्यतिबेला अहिले जस्तो सञ्चारको सुविधा र विकास भइसकेको थिएन। बेलुका घटनाको विषयमा जानकारी पाएँ। अस्पतालमा घाइतेको संख्या असंख्य थियो’, विष्ट पुरानो कुरा सम्झँदै भन्छन्, ‘मैले नैतिकताको आधारमा राजा वीरेन्द्रसामु राजीनामा बुझाउँदा उहाँ मान्नुभएको थिएन। तर, मैले आफू बहालवाला मन्त्री भएकाले यसको जिम्मेवारी लिनुपर्ने अडान राखेँ।’ 

घटनाको दिन शरदचन्द्र शाह पनि मनकामना मन्दिर गएका थिए। उनले साँझ फर्किएपछि मात्र घटनाबारे थाहा पाए। 

सोही प्रतियोगितामा तत्कालीन आरएनएसीबाट खेलेका पूर्व राष्ट्रिय खेलाडी श्रीराम रञ्जितकार भागदौडका कारण धेरैको ज्यान गएको बताउँछन्। 

‘घटना हुँदा दर्शक फ्याराफिटभित्र प्रवेश गर्ने क्रम जारी थियो। एक्कासी हावाहुन्डरी आएपछि प्याराफिट तल बसेका मान्छे पनि सुरक्षा खोज्दै माथि जाने क्रम बढ्यो। दर्शक तल ओर्लिने र माथि जाने क्रममा धक्कामुक्की हुँदा लडेर एकअर्कामाथि खप्टिन पुगे। यसैमा च्यापिएर धेरैको मृत्यु भयो’, रञ्जितकार भन्छन्। 

उनी प्याराफिटको भर्‍याङमा प्वाल हुँदा पनि समस्या भएको बताउँछन्। ‘त्यो प्वालमा खुट्टा अड्किएर पनि धेरै जना लडेका थिए’, उनी भन्छन्। 

घटनापछि वीर अस्पतालमा अत्यधिक चाप थियो। ‘डेढ सयभन्दा बढी मान्छे वीर अस्पताल भर्ना भएका थिए होलान्’, मनाङ मस्र्याङ्दी क्लबबाट सो प्रतियोगिता खेलेका एन्फा कोषाध्यक्ष विराटजंग शाही भन्छन्। 

घटनाका बेला प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै त्यतिबेला राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर अशोक केसी र एन्फा उपाध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठलाई सरकारले ५–५ हजार रूपैयाँसहित सम्मान गर्ने भनेको थियो। ‘त्यति दुःखद घटनामा पनि के पैसा लिनु भनेर मैले लिइनँ’, श्रेष्ठ भन्छन्।

काठमाडौंमा यो घटना हुँदा जचुकाका स्थायी कप्तान सुरेश बस्नेत सुनसरीमा थिए। 

‘मेरो बिहे फागुन ७ मा तय भएको थियो। त्यसैले वीरगन्जमा सहिद तेजबहादुर अमात्य गोल्डकप खेल्नेबित्तिकै फागुन ३ मा मा सुनसरी पुगेको थिएँ’, उनी सम्झन्छन्। टिम त्रिभुवन च्यालेन्ज सिल्डको सेमिफाइनल पुगेदेखि नै खेल्ने निम्तो आएको थियो। तर, भर्खर बिहे भएका कारण उनी काठमाडौं जान चाहेनन्। 

‘ओहो! रेडियो नेपालको कमेन्ट्रीमा त्यो घटना सुनेपछि संयोगले बाँचियो भन्ने लागेको थियो’, दुई महिनाअघि मात्र नेपाल प्रहरीको उपरीक्षक (एसपी) पदबाट अवकाश पाएका ५४ वर्षीय पूर्व गोलकिपर बस्नेत भन्छन्। केही समयअगाडि मात्र गाडी दुर्घटनाबाट जोगिएका बस्नेत आफू काठमाडौं नगएकै कारण जचुकाले त्रिभुवन च्यालेन्ज सिल्डका लागि रामराज सिंहलाई कप्तान तोकेको बताउँछन्। सिंहको ७ वर्षअघि क्यान्सरका कारण निधन भएको थियो। 

केही समयअघि अस्वस्थ्य रहेका अनिल रुपाखेती भन्छन्–‘हामी काठमाडौंमा मात्र होइन, घर फर्केपछि पनि अपराधी झैं केही समय डराइरहेका थियौं।’ 

यो घटनाका कारण नेपालले एउटा शिक्षा प्राप्त गरेको थियो। घटना हुँदा रंगशालाको चारैतर्फको ढोका खुला गर्न आयोजक असमर्थ भएका थिए। लामो समय रंगशालाको ढोका फलामको चेनले बाँधेर राख्दा ताल्चामा खिया लागेर खोल्न गाह्रो परेको थियो। ताल्चाको साँचो पनि पालेसँग हुने भएकाले तत्काल ढोका खोल्न आयोजकलाई हम्मे–हम्मे परेको थियो। 

रंगशाला काण्डपछि शिक्षामन्त्री विष्टले स्कुल र कलेजमा समेत एउटा नीति बनाएका थिए। उनले दैवी प्रकोप हुँदा १० सेकेन्डभित्र स्कुल र कलेज खाली गर्ने नीति अन्तर्गत स्कुल बनाउन ढोका, झ्याल र आवश्यक मापदण्ड तयार पार्न लगाएका थिए। 

‘मलाई यो घटनापछि निद्रा लाग्न छोड्यो। मैले राजीनामा स्वीकृत हुनुअघि यस्तो घटना नदोहोरियोस् भनेर स्कुल, कलेजदेखि रंगशालासम्ममा एउटा नीति बनाउन लगाएको थिएँ’, उनले भने, ‘त्यो अहिले कति लागू भयो, कति भएन मलाई थाहा छैन। मेरो उद्देश्य थियो, यस्तो घटना फेरि नदोहोरियोस्।’

दशरथ रंगशाला काण्डलाई खेल इतिहासको छैटौं ठूलो दुर्भाग्य मानिन्छ। 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्