पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
पोखरा क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ४१ रनले रनले पराजित हुँदै फाइनल प्रवेशबाट बाहिरिएको हो। नेपालले श्रीलंकालाई पराजित गरेको भए फाइनलमा प्रवेश गर्ने थियो।
अब नेपालले कास्यका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। स्वर्ण पदकको लागि श्रीलंकाले अब बंगलादेशसँग खेल्नेछ।
११९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ७७ रन मात्रै बनााउन सक्यो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले १९ रन बनाउँदा कविता कुवँरले अविजित १३ रन बनाइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनाएका थिए। श्रीलंकाका लागि लिहिनी अप्सराले ३७ रन बनाउँदा जानदी अनालीले ३५ रन बनाएकी थिइन्। बलिङतर्फ नेपालकी सोनु खड्का र सरस्वती कुमारीले समान २–२ विकेट लिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।