काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकै दिन ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आइतबार १ करोड ३ लाख ४२ हजार ४ सय २३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कैलाश विकास बैंकको २२ लाख ९१ हजार ४ सय ८८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। साथै, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३ सय २ कित्ता बोनस सेयर पनि आइतबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ लाख ७४ हजार ९ सय ९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १ लाख १३ हजार कित्ता सेयर पनि आइतबार नै सूचीकृत भएको नेप्सेले जनाएको छ।
वरुण हाइड्रोपावर कम्पनीको १ लाख २१ हजार ५ सय कित्ता बोनस सेयर आइतबार नै नेप्सेमा सूचीकृत भएको छ। त्यस्तै, चिलिमे हाइड्रोपावरको ५१ लाख ७१ हजार ८ सय ८६ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १० लाख ९१ लाख २ सय ४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।