• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नारायणगढ–मुग्लिन सडकः पहिरो रोक्न ठाउँठाउँमा 'जुट नेट' (फोटोफिचर)

64x64
नेपाल लाइभ सोमबार, फागुन २८, २०७४  ००:१०
1140x725

चितवन– निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत अति पहिरोग्रस्त क्षेत्रमा ‘जुट नेट’ बिच्छाउने कार्य धमाधम चलिरहेको छ। अधिकांश स्थानमा पहरो काटेर सडक बिस्तार गरिएकोले पहिरो नियन्त्रणका लागि भन्दै गत सातादेखि जुट नेट बिच्छाउन सुरु गरिएको हो। 

भरतपुर महानगरपालिका वडा नम्बर–२९ मा पर्ने सेतीदोभानमा अहिले जुट नेट बिच्छाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले बताए। 

इन्जिनियर खनालका अनुसार सेतीदोभान बाहेक सिमलताल र जलबिरेदेखि मुग्लिनसम्मका अधिकांश क्षेत्रमा जुट नेट बिच्छाइनेछ। उनले भने, ‘अघिल्लो वर्ष चोरखोलादेखि कालीखोलासम्मको क्षेत्रमा धेरै पटक पहिरो गएर सडक अवरुद्ध भयो। यसपटक जैविक प्रविधि अपनाई पहिरो नियन्त्रण गर्न खोजिएको हो।’ 

ती क्षेत्रमा अन्य स्थानको तुलनामा धेरै क्षेत्रफलमा पहरो काटिएको र चट्टानको बनोट कमजोर रहेकाले पहिरोको जोखिम हुने गरेको उनले बताए।

अघिल्लो वर्ष २३ किलो र भालुढुंगामा मात्रै जुट नेटको प्रयोग गरिएको थियो। ती क्षेत्रमा प्रयोग गरिएका जुट नेट तत्कालीन समयमा प्रभावकारी देखिएको र दीर्घकालीन प्रभावबारे अर्को वर्ष मात्रै थाहा पाउन सकिने खनालको भनाइ छ।

सडक निर्माणका लागि ठेक्का पाएका कम्पनीले पहिरो रोकथाम गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने सम्झौता अनुरुप हाल वुडहिल लामा जेभी र सुप्रिम रौताहा जेभीले जुट नेट बिच्छाउने काम गरिरहेका छन्।

नारायणगढ–मुग्लिन सडक खण्डभरि ३३ वटा स्थानलाई पहिरोको अधिकतम जोखिम भएको क्षेत्रका रुपमा सूचीकृत गरिएको छ। पहिरो जानसक्ने सम्भावित क्षेत्रमध्ये केही स्थान दोस्रो खण्डमा पनि पर्ने भएकाले निर्माण कम्पनी वुडहिल लामा जेभीले सेतीदोभान र सिमलतालमा जुट नेटिङको कामलाई पनि सडक निर्माणसँगै अगाडि बढाइरहेको छ।

सेतीदोभानमा जुट नेटको काम वुडहिल लामा जेभीले पेटी ठेकेदारका रुपमा बायोमेट्रिक इन्जिनियरिङ प्राइभेट लिमिटेडलाई जिम्मा दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बायोमेट्रिक इन्जिनियरिङका सुपरभाइजर राजु श्रेष्ठका अनुसार अघिल्लो सातादेखि सिमलताल र सेतीदोभानमा एकैसाथ काम थालिएको हो। भीरमा चढेर नेट बिच्छाउनुपर्ने भएकाले यो काम जोखिमपूर्ण हुने उनले बताए।

जोखिमपूर्ण, आवश्यक सीप र तालिमको कमी तथा कामदारको अभावले द्रूत गतिमा काम अघि बढाउन नसकिएको सुपरभाइजर श्रेष्ठ बताउँछन्।

उनले भने,‘जुट नेटिङ गर्दा आवश्यक सामग्रीको लागत कम पर्छ। तर जोखिमपूर्ण काम भएकाले कामदार पाउन मुस्किल छ। यदि, पाइहाले पनि पारिश्रमिक धेरै दिनुपर्छ।’

निर्माण सम्झौताअनुसार सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मितिमा जुट नेटिङको काम पनि सक्नुपर्ने इन्जिनियर खनाल बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जुट नेटले कसरी रोक्छ पहिरो?

जुट नेट जुटको डोरीबाट तयार गरिएको जाली हो। पहिरो नियन्त्रण गर्न प्रयोगमा ल्याइने यो एक जैविक प्रविधि हो। जुट नेटलाई पहिरोग्रस्त क्षेत्रहरु विशेष गरि भीरपाखामा बिच्छाइन्छ। यसलाई भीरमा यथास्थितीमा रहोस् भन्नका लागि काठको किला बनाएर ठोक्ने गरिन्छ। 

अल्पकालिन रुपमा यसले आकाशबाट परेको पानीलाई भिरोलो सतहबाट बग्न नदिई समथर स्थानमा पुग्न मदत गर्दछ। जसले गर्दा पानीले भीरपाखाबाट माटो तथा ढुंगालाई बगाउन पाउँदैन र पानी जमिनको भित्री सतहसम्म पनि पुग्न नसक्ने भएकोले पहिरो जाने खतरा कम हुन्छ।

विज्ञहरुका अनुसार दिर्घकालिन रुपमा पनि यसको प्रभाव पर्दछ। जब भिरपाखामा बिच्छाइएको नेट कुहिन थाल्दछ। सो स्थानमा बोटबिरुवा तथा झारपात उम्रिन र बढ्नका लागि अनुकुल वातावरण मिल्ने गर्दछ। बोटबिरुवाहरु भएको ठाउँमा जराले जमिनको सतहलाई समाएर राख्ने भएकोले पहिरो तथा भु–क्षयको सम्भावना कम हुने विज्ञहरु बताउँछन्। 

यसअघि यो प्रविधीलाई बुटवल–पाल्पा सडक खण्डमा पनि प्रयोगमा ल्याइएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  ००:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्