• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भारतीय खेलाडीलाई दिलाइएको हार!

ज्ञानदासको निराश अनुहार, हरिले नरुचाएको पदक
64x64
ऋग्वेद शर्मा बिहीबार, मंसिर १९, २०७६  १५:२७
1140x725

काठमाडौं- ज्ञानदास सिंहको कुरा सुन्ने हो भने- उनी यस्तो निराश यसअघि कहिल्यै थिएनन्। हुन त यसपटक पनि निराशा उनी आफैले निम्त्याएका होइनन्। खेलका पारखीहरुको कुरा मान्ने हो भने ‘कसैको जितका लागि उनको भागको जित खोसियो।’

सोझो भन्दा धाँधली भयो। हार्नुपर्नेलाई जिताउने र जित्नुपर्नेलाई हराउने कुरा खेलमा विश्वासयोग्य कुरा त होइन। तर, भयो। 

१३औं साग खेलकुदमा देखिएका चसक्क पार्ने केही क्षणहरुमध्ये एक ज्ञानदासको निराश अनुहार पनि हो।

भारतीय उसु खेलाडी ज्ञानदासको निराश अनुहार देखेर नेपाली समर्थक पनि दुःखी भए। रिसाएका केही दर्शकले खेलस्थलमा पानीको बोतलसमेत हाने। उसुकै खेलाडी र प्रशिक्षकहरुले त खेलभित्रको झेलको खुलेर विरोध नै गरे। 

लगनखेलस्थित आर्मी कभर्डहलमा अघिल्लो दिन ताउलो ताइजी छ्वान अन्तर्गत खेल भएर बुधबार बिहान दोस्रो चरणको उसु ताउलो अन्तर्गत ताइजी जियानमा प्रतिस्पर्धा भइरहेको थियो। जसमा दुवै चरणको अलराउन्ड प्रदर्शनका आधारमा विजेता भइन्छ। 

खेलपछि भएको विरोध।

प्रतिस्पर्धामा भारतका ज्ञानदास सिंह र नेपालका हरि प्रसाद गोलेसँगै श्रीलंकाका थारिदु नमाल अनुरथ र बंगलादेशका विप्लोप रुद्र सहभागी थिए। पहिलो दिनको प्रतिस्पर्धामा ज्ञानदासले ९.५९ अंक पाएका थिए। हरिले ९.४४, थारिदुले ९.६९ र विप्लोपले ९.२५ पाएका थिए। केही असन्तुष्टी रहँदै पहिलो दिनको खेल सकियो।

दोस्रो दिन बुधबार भएको खेलमा पहिले बंगलादेशका विप्लोपले खेल देखाए। उनले ८.८२ अंक पाए। त्यसपछि श्रीलंकाका थारिदुले ९.२१ अंक पाए। थारिदुले बिगारेको खेल कभर्डहलमा उपस्थित हरेकलाई थाहा छ। उनको खराब प्रदर्शनपछि पनि धेरै अंक आउँदा उपस्थित खेलाडी र उसु प्रशिक्षकहरु दंग परिसकेका थिए। प्रशिक्षकहरुकै भनाइमा त्यसपछि थारिदुले भन्दा राम्रो खेल देखाएका नेपालका हरिले ९.०५ मात्रै पाए। उत्कृष्ट खेल देखाउँदै हलभरको हुटिङ पाएका ज्ञानदासले ९.१७ अंक पाए। 

ज्ञानदासको उत्कृष्ट खेलका बाबजुद पनि भोग्नुपरेको हारले उसुका पारखीहरु अवाक भए। रिसाएका दर्शकले पानीका बोतल हाने। विरोधका स्वर निकाले। नेपाली खेलाडी हरि त खेल भइरहेको म्याटमा नै धर्ना बसे। ज्ञानदास र उनका प्रशिक्षकहरुले पनि खेलभावना विपरीत काम भएको भन्दै विरोध गरे। 

Ncell 2
Ncell 2
नेपाली खेलाडी हरि।

भारतीय टिमका प्रशिक्षक रबि त्रिपाठीले लिखित रुपमा नै विरोध निर्णायकलाई दिन गए। तर उनको पत्र स्वीकार गरिएन। त्यसको केहीबेरमा नेपालका प्रशिक्षकसहितको टोलीले लिखित रुपमा असन्तुष्टी दिन लाग्दा त्यसलाई नदेखेजस्तो गरियो। बरु आयोजक राष्ट्र भएर यस्तो विरोध गर्नुहुन्न भनेर धम्कीसहितको सम्झाउने भाषाले थामथुम पारियो। 

‘हाम्रो संघले नै यसको विरोध गरिरहेको छ। यस्तो काम हुँदै जाने हो भने दक्षिण एसियामा उसु खेल रहने छैन। यत्तिका मान्छेले आँखाले देख्ने कुरामा पनि छल गर्न मिल्छ त? नेपालमा आयोजना भएको सागका श्रीलंकन निर्णायकको बोलवाला कसरी चलिरहेको छ मैले त बुझ्न सकेको छैन’ भारतीय टिमका प्रशिक्षक रबिले भने। 

रबिसहित अन्य प्रशिक्षकका भनाइलाई मान्ने हो भने त निर्णायक मण्डलमा रहेका श्रीलंकाका मनेल धर्माकीर्थिले नै ‘सबै च्यानल मिलाएर’ त्यस्तो धाँधली गरेका हुन्। नेपालकै सम्बन्धितहरु समेत नेपाली पदाधिकारीले पैसा खाइदिँदा यस्तो भएको आरोप लगाउँछन्। 

‘हामीले समयमा नै विरोध पत्र दिन गएका थियौँ तर समय सकियो भनेर लिइएन, हामी जाँदा निर्णायकका मान्छेहरु तितरबितर भइहाले, त्यस्तोमा हामीले पत्र हावामा फालेर आउन पनि मिलेन’ भारतका प्रशिक्षक रबिले सुनाए। 

खेलमा यस्तो हुनु असाध्यै दुःखद कुरा भएको नेपाली टिमका प्रशिक्षक अमर कुमार थिङ बताउँछन्। ‘यस्तरी पनि खेल निर्णय हुन्छ? विचरा त्यो भारतको केटाले त्यति राम्रो खेलेर पनि हार्नु त असाध्यै नराम्रो कुरा हो। यसरी पनि उसु चलिरह्यो भने त खै के भनौं, आयोजक राष्ट्रको परियो’ प्रशिक्षक थिङले भने। 

नेपाली टिमका प्रशिक्षक अमर कुमार थिङ

खेलाडी र प्रशिक्षकहरुको विरोधका कारण खेल आधि घन्टा रोकियो। त्यसपछि पदक वितरणका समयमा पनि पदक लिन श्रीलंकाका खेलाडी मात्रै गए। एक्लो खेलाडीलाई पदक दिने कुरा पनि आएन। त्यसैले बुधबारको पदक वितरण बिहीबारलाई सारियो।

तेस्रो भएका नेपालका हरि पनि पहिलो दिन पदक लिन गएनन्। पदक लिन जान उनीमाथि निरन्तर दबाब आइरह्यो। कारबाहीको धम्कीसमेत आयो। 

‘अब जे हुनु भइहाल्यो, मैले त पदक लिन जाउ नै भनेको हो। निर्णायकको निर्णय नै अन्तिम हुन्छ। निर्णय आइसकेपछि झेल भयो भनेर हामीले जति कराए पनि हुने केही होइन। अब खेलाडीले पदक लिन गएन भने त कारबाही हानेर खेल्नै नपाउने गराइदिन्छन्, हरिको त उमेर छ, पछि पनि राम्रो गर्न सक्छ’ नेपालका प्रशिक्षक थिङले सुनाए। 

बुधबार पदक वितरणमा नगई भैरहेको छलफल।

बुधबार हुनुपर्ने पदक वितरण कार्यक्रम बिहीबार गरियो। सबैले सम्झाइबुझाइ गरेकाले हरि पदक लिन गए। तर पनि दोस्रो भएका ज्ञानदास भने पदक लिन गएनन्। ‘पदक अस्वीकार गर्ने निर्णय हाम्रो संघबाटै भएको निर्णय हो। संघले नै झेल गरेर हराइएको पदक नलिनु भनेको छ’ भारतीय टिम प्रशिक्षक रबिले भने। 

बुधबार पनि पदक वितरणको तयारी हुँदै गर्दा ज्ञानदास मुखमा माक्स लगाएर एउटा कुनामा बसिरहेका थिए। बारम्बार नाम बोलाइए पनि उनी शिर झुकाएर एकै ठाउँमा अडिइरहे। उनीसँग कुरा गर्दा थाहा भयो- ‘त्यो हारको पीडा थिएन, हराइएको दुःखले सिर्जित निराशा थियो।’

बिहीबारको पदक वितरणमा श्रीलंकन खेलाडी थारिदुसँग नेपालका हरि।

उनी भन्छन्- ‘यस्ता कुराहरुले एक खेलाडीलाई खेलमा लागिरहनबाट नै रोकिदिन्छ। आफूले खेलेअनुसार पनि हुँदैन र कसलाई जिताउने पहिले नै थाहा हुन्छ भने किन खेल्ने त?’ 

‘मैले राम्रो नै खेलेको हो, नराम्रो खेलेर पनि जित्नुपर्छ त भनेको होइन नि, हाम्रो कोचले मात्र होइन अरु देशको कोचहरुले पनि मैले राम्रो गरेको भनिरहनु भएको छ, तर पनि हारेँ’ निराश हुँदै उनले भने। 

ज्ञानदास विश्व उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेर पाँचौँ वरियता पाइसकेका खेलाडी हुन्। यसअघि १२ औँ सागमा नेपालका हरिले रजतपदक जित्दा उनै ज्ञानदासले स्वर्ण जितेका थिए।

भारत मणिपुरका बासिन्दा ज्ञानदासका बुबा विजोय सिंह पनि उसुकै खेलाडी हुन्। उनका दाइ बिजेन सिंह र भाइ पुनसिभ सिंह पनि उसुकै खेलाडी। दाइ बिजेन त उसुमा भारत च्याम्पियन नै हुन्। भाइले पनि यसअघि १२औं सागमा नानछ्वानमा स्वर्ण पदक लगाइसकेका छन्। 

ज्ञानदासले सन् २००४ देखि नै उसुमा जुनियर स्पर्धामा प्रतिस्पर्धा गर्न थालिसकेका थिए। २००९ देखि त उनले सिनियरमा नै खेल्न थाले। उनले २००९ मा मकाउमा भएको एसियन उसु च्याम्पियनसिपदेखि २०१० मा चीनमा भएको एसियन गेम्समा समेत खेलेका छन्। २०११ मा विश्व उसु च्याम्पियनसिपमा त उनले धेरैको तारिफ पाए। त्यसपछि पनि उनले लगातार विश्व उसु च्याम्पियनसिप खेलिरहेका छन्। 

‘म जहाँ पनि जान्छु पहिलेभन्दा राम्रो गर्ने सोचिरहेको हुन्छु, त्यही अनुसार मेहनत पनि गर्छु। पहिले पहिले भन्दा अहिले मेरो खेल धेरै राम्रो पनि भइरहेको छ। मेडलहरु पनि जितिरहेको छु। सोचेको थिएँ यसपटक पनि राम्रै हुन्छ तर आफूले राम्रो गरेर पनि राम्रो हुन सकेन’ ज्ञानदास यसपटक अझ दुःखी सुनिए। 

ज्ञानदास यो दुःखबाट त बाहिर निस्कन्छन् नै। तर उनलाई लागेको योभन्दा ठूलो दुःख के भने- ‘यसरी त उसु खेल नै मर्छ।’ 

उनी भन्छन्- ‘मैले त आफ्नो धेरै समय खेलिसकेँ, उसुमा यस्ता गतिविधि भइरहने हो भने नयाँ खेलाडी कसरी आउलान्, यो भारतीय खेलाडीको कुरा मात्रै होइन, नेपालमै पनि त यस्तो देखेर नयाँ खेलाडी खेलमा लाग्न रुचाउँदैनन्, यो समग्र खेलकै अनुशासन र निष्ठामाथि जोडिएको विषय हो। कसैको स्वर्णका लागि जित्नुपर्नेलाई हराउन मिल्छ?’

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्