• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भारतीय खेलाडीलाई दिलाइएको हार!

ज्ञानदासको निराश अनुहार, हरिले नरुचाएको पदक
64x64
ऋग्वेद शर्मा बिहीबार, मंसिर १९, २०७६  १५:२७
1140x725

काठमाडौं- ज्ञानदास सिंहको कुरा सुन्ने हो भने- उनी यस्तो निराश यसअघि कहिल्यै थिएनन्। हुन त यसपटक पनि निराशा उनी आफैले निम्त्याएका होइनन्। खेलका पारखीहरुको कुरा मान्ने हो भने ‘कसैको जितका लागि उनको भागको जित खोसियो।’

सोझो भन्दा धाँधली भयो। हार्नुपर्नेलाई जिताउने र जित्नुपर्नेलाई हराउने कुरा खेलमा विश्वासयोग्य कुरा त होइन। तर, भयो। 

१३औं साग खेलकुदमा देखिएका चसक्क पार्ने केही क्षणहरुमध्ये एक ज्ञानदासको निराश अनुहार पनि हो।

भारतीय उसु खेलाडी ज्ञानदासको निराश अनुहार देखेर नेपाली समर्थक पनि दुःखी भए। रिसाएका केही दर्शकले खेलस्थलमा पानीको बोतलसमेत हाने। उसुकै खेलाडी र प्रशिक्षकहरुले त खेलभित्रको झेलको खुलेर विरोध नै गरे। 

लगनखेलस्थित आर्मी कभर्डहलमा अघिल्लो दिन ताउलो ताइजी छ्वान अन्तर्गत खेल भएर बुधबार बिहान दोस्रो चरणको उसु ताउलो अन्तर्गत ताइजी जियानमा प्रतिस्पर्धा भइरहेको थियो। जसमा दुवै चरणको अलराउन्ड प्रदर्शनका आधारमा विजेता भइन्छ। 

खेलपछि भएको विरोध।

प्रतिस्पर्धामा भारतका ज्ञानदास सिंह र नेपालका हरि प्रसाद गोलेसँगै श्रीलंकाका थारिदु नमाल अनुरथ र बंगलादेशका विप्लोप रुद्र सहभागी थिए। पहिलो दिनको प्रतिस्पर्धामा ज्ञानदासले ९.५९ अंक पाएका थिए। हरिले ९.४४, थारिदुले ९.६९ र विप्लोपले ९.२५ पाएका थिए। केही असन्तुष्टी रहँदै पहिलो दिनको खेल सकियो।

दोस्रो दिन बुधबार भएको खेलमा पहिले बंगलादेशका विप्लोपले खेल देखाए। उनले ८.८२ अंक पाए। त्यसपछि श्रीलंकाका थारिदुले ९.२१ अंक पाए। थारिदुले बिगारेको खेल कभर्डहलमा उपस्थित हरेकलाई थाहा छ। उनको खराब प्रदर्शनपछि पनि धेरै अंक आउँदा उपस्थित खेलाडी र उसु प्रशिक्षकहरु दंग परिसकेका थिए। प्रशिक्षकहरुकै भनाइमा त्यसपछि थारिदुले भन्दा राम्रो खेल देखाएका नेपालका हरिले ९.०५ मात्रै पाए। उत्कृष्ट खेल देखाउँदै हलभरको हुटिङ पाएका ज्ञानदासले ९.१७ अंक पाए। 

ज्ञानदासको उत्कृष्ट खेलका बाबजुद पनि भोग्नुपरेको हारले उसुका पारखीहरु अवाक भए। रिसाएका दर्शकले पानीका बोतल हाने। विरोधका स्वर निकाले। नेपाली खेलाडी हरि त खेल भइरहेको म्याटमा नै धर्ना बसे। ज्ञानदास र उनका प्रशिक्षकहरुले पनि खेलभावना विपरीत काम भएको भन्दै विरोध गरे। 

Ncell 2
Ncell 2
nimb
nimb
नेपाली खेलाडी हरि।

भारतीय टिमका प्रशिक्षक रबि त्रिपाठीले लिखित रुपमा नै विरोध निर्णायकलाई दिन गए। तर उनको पत्र स्वीकार गरिएन। त्यसको केहीबेरमा नेपालका प्रशिक्षकसहितको टोलीले लिखित रुपमा असन्तुष्टी दिन लाग्दा त्यसलाई नदेखेजस्तो गरियो। बरु आयोजक राष्ट्र भएर यस्तो विरोध गर्नुहुन्न भनेर धम्कीसहितको सम्झाउने भाषाले थामथुम पारियो। 

‘हाम्रो संघले नै यसको विरोध गरिरहेको छ। यस्तो काम हुँदै जाने हो भने दक्षिण एसियामा उसु खेल रहने छैन। यत्तिका मान्छेले आँखाले देख्ने कुरामा पनि छल गर्न मिल्छ त? नेपालमा आयोजना भएको सागका श्रीलंकन निर्णायकको बोलवाला कसरी चलिरहेको छ मैले त बुझ्न सकेको छैन’ भारतीय टिमका प्रशिक्षक रबिले भने। 

रबिसहित अन्य प्रशिक्षकका भनाइलाई मान्ने हो भने त निर्णायक मण्डलमा रहेका श्रीलंकाका मनेल धर्माकीर्थिले नै ‘सबै च्यानल मिलाएर’ त्यस्तो धाँधली गरेका हुन्। नेपालकै सम्बन्धितहरु समेत नेपाली पदाधिकारीले पैसा खाइदिँदा यस्तो भएको आरोप लगाउँछन्। 

‘हामीले समयमा नै विरोध पत्र दिन गएका थियौँ तर समय सकियो भनेर लिइएन, हामी जाँदा निर्णायकका मान्छेहरु तितरबितर भइहाले, त्यस्तोमा हामीले पत्र हावामा फालेर आउन पनि मिलेन’ भारतका प्रशिक्षक रबिले सुनाए। 

खेलमा यस्तो हुनु असाध्यै दुःखद कुरा भएको नेपाली टिमका प्रशिक्षक अमर कुमार थिङ बताउँछन्। ‘यस्तरी पनि खेल निर्णय हुन्छ? विचरा त्यो भारतको केटाले त्यति राम्रो खेलेर पनि हार्नु त असाध्यै नराम्रो कुरा हो। यसरी पनि उसु चलिरह्यो भने त खै के भनौं, आयोजक राष्ट्रको परियो’ प्रशिक्षक थिङले भने। 

नेपाली टिमका प्रशिक्षक अमर कुमार थिङ

खेलाडी र प्रशिक्षकहरुको विरोधका कारण खेल आधि घन्टा रोकियो। त्यसपछि पदक वितरणका समयमा पनि पदक लिन श्रीलंकाका खेलाडी मात्रै गए। एक्लो खेलाडीलाई पदक दिने कुरा पनि आएन। त्यसैले बुधबारको पदक वितरण बिहीबारलाई सारियो।

तेस्रो भएका नेपालका हरि पनि पहिलो दिन पदक लिन गएनन्। पदक लिन जान उनीमाथि निरन्तर दबाब आइरह्यो। कारबाहीको धम्कीसमेत आयो। 

‘अब जे हुनु भइहाल्यो, मैले त पदक लिन जाउ नै भनेको हो। निर्णायकको निर्णय नै अन्तिम हुन्छ। निर्णय आइसकेपछि झेल भयो भनेर हामीले जति कराए पनि हुने केही होइन। अब खेलाडीले पदक लिन गएन भने त कारबाही हानेर खेल्नै नपाउने गराइदिन्छन्, हरिको त उमेर छ, पछि पनि राम्रो गर्न सक्छ’ नेपालका प्रशिक्षक थिङले सुनाए। 

बुधबार पदक वितरणमा नगई भैरहेको छलफल।

बुधबार हुनुपर्ने पदक वितरण कार्यक्रम बिहीबार गरियो। सबैले सम्झाइबुझाइ गरेकाले हरि पदक लिन गए। तर पनि दोस्रो भएका ज्ञानदास भने पदक लिन गएनन्। ‘पदक अस्वीकार गर्ने निर्णय हाम्रो संघबाटै भएको निर्णय हो। संघले नै झेल गरेर हराइएको पदक नलिनु भनेको छ’ भारतीय टिम प्रशिक्षक रबिले भने। 

बुधबार पनि पदक वितरणको तयारी हुँदै गर्दा ज्ञानदास मुखमा माक्स लगाएर एउटा कुनामा बसिरहेका थिए। बारम्बार नाम बोलाइए पनि उनी शिर झुकाएर एकै ठाउँमा अडिइरहे। उनीसँग कुरा गर्दा थाहा भयो- ‘त्यो हारको पीडा थिएन, हराइएको दुःखले सिर्जित निराशा थियो।’

बिहीबारको पदक वितरणमा श्रीलंकन खेलाडी थारिदुसँग नेपालका हरि।

उनी भन्छन्- ‘यस्ता कुराहरुले एक खेलाडीलाई खेलमा लागिरहनबाट नै रोकिदिन्छ। आफूले खेलेअनुसार पनि हुँदैन र कसलाई जिताउने पहिले नै थाहा हुन्छ भने किन खेल्ने त?’ 

‘मैले राम्रो नै खेलेको हो, नराम्रो खेलेर पनि जित्नुपर्छ त भनेको होइन नि, हाम्रो कोचले मात्र होइन अरु देशको कोचहरुले पनि मैले राम्रो गरेको भनिरहनु भएको छ, तर पनि हारेँ’ निराश हुँदै उनले भने। 

ज्ञानदास विश्व उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेर पाँचौँ वरियता पाइसकेका खेलाडी हुन्। यसअघि १२ औँ सागमा नेपालका हरिले रजतपदक जित्दा उनै ज्ञानदासले स्वर्ण जितेका थिए।

भारत मणिपुरका बासिन्दा ज्ञानदासका बुबा विजोय सिंह पनि उसुकै खेलाडी हुन्। उनका दाइ बिजेन सिंह र भाइ पुनसिभ सिंह पनि उसुकै खेलाडी। दाइ बिजेन त उसुमा भारत च्याम्पियन नै हुन्। भाइले पनि यसअघि १२औं सागमा नानछ्वानमा स्वर्ण पदक लगाइसकेका छन्। 

ज्ञानदासले सन् २००४ देखि नै उसुमा जुनियर स्पर्धामा प्रतिस्पर्धा गर्न थालिसकेका थिए। २००९ देखि त उनले सिनियरमा नै खेल्न थाले। उनले २००९ मा मकाउमा भएको एसियन उसु च्याम्पियनसिपदेखि २०१० मा चीनमा भएको एसियन गेम्समा समेत खेलेका छन्। २०११ मा विश्व उसु च्याम्पियनसिपमा त उनले धेरैको तारिफ पाए। त्यसपछि पनि उनले लगातार विश्व उसु च्याम्पियनसिप खेलिरहेका छन्। 

‘म जहाँ पनि जान्छु पहिलेभन्दा राम्रो गर्ने सोचिरहेको हुन्छु, त्यही अनुसार मेहनत पनि गर्छु। पहिले पहिले भन्दा अहिले मेरो खेल धेरै राम्रो पनि भइरहेको छ। मेडलहरु पनि जितिरहेको छु। सोचेको थिएँ यसपटक पनि राम्रै हुन्छ तर आफूले राम्रो गरेर पनि राम्रो हुन सकेन’ ज्ञानदास यसपटक अझ दुःखी सुनिए। 

ज्ञानदास यो दुःखबाट त बाहिर निस्कन्छन् नै। तर उनलाई लागेको योभन्दा ठूलो दुःख के भने- ‘यसरी त उसु खेल नै मर्छ।’ 

उनी भन्छन्- ‘मैले त आफ्नो धेरै समय खेलिसकेँ, उसुमा यस्ता गतिविधि भइरहने हो भने नयाँ खेलाडी कसरी आउलान्, यो भारतीय खेलाडीको कुरा मात्रै होइन, नेपालमै पनि त यस्तो देखेर नयाँ खेलाडी खेलमा लाग्न रुचाउँदैनन्, यो समग्र खेलकै अनुशासन र निष्ठामाथि जोडिएको विषय हो। कसैको स्वर्णका लागि जित्नुपर्नेलाई हराउन मिल्छ?’

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्