काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने समय थप ३ महिना लम्बिने निश्चित भएको छ। विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चिनियाँ ठेकेदारलाई थप ३ महिनाको समय दिने निश्चत भएको हो।
‘समय थपको विषयमा सबै सरोकार वाला निकायको सहमति भएको छ,’ आयोजना कार्यालय स्रोतले भन्यो, ‘अहिले समय थपको विषयमा अध्ययन भइरहेको छ। केही दिन भित्रै समय थपको निर्णय हुन्छ।’
निर्माण कम्पनीले विमानस्थलको संरचना निर्माणको काम अन्तिम चरणमा पुर्याएसँगै ठेक्का रद्द गर्नु राज्यलाई नै घाटा हुने ठहर गर्दै समय थपमा सबै सहमत भएको स्रोतको दाबी छ। सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बरसम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद थप भएको थियो।
‘थप समयमा पनि केही काम बाँकी रहेपछि मार्च भित्र सबै काम सक्ने सुनिश्चिता गरेर सयम थपको प्रक्रिया सुरु भएको छ’,स्रोतले भन्यो ,‘समय थपको निर्णय गर्ने अधिकार मुख्य लगानीकर्ता एसियाली विकास बैंक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयको हो।’
विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेसँगै निर्माण कम्पनीलाई काम सम्पन्न गर्न केही समय लाग्ने भएपछि एडिबीले समेत थप ३ महिनाको समय थप्नु उचित हुने राय दिइसकेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको छ। यस्तो अवस्थमा केही उपकरण जडान र फिनिसिङको काम गर्न समय थपको तयारी भएको स्रोतले भनाइ छ।
आयोजनाको कार्यालयले पनि विमानस्थल सञ्चालनका लागि मार्चभित्र योग्य बनाउने गरी काम भइरहेको जनाएको छ।सरकारले पनि आउँदो बैसाखभित्र विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ।
नगद प्रभावमा समस्या भोग्दै ठेकेदार
विमानस्थलको निर्माण अन्तिम चरण पुगेसँगै चिनियाँ ठेकेदारलाई नगद प्रभावको समस्या परेको छ। चिनियाँ ठेकेदारले नगद अभावकै कारणमा अन्तर्राष्ट्रिय टर्मिन भवनमा जडान गर्नु पर्ने लिफ्न, कन्भर बेल्ट तथा रन–वे लाइटको उपकरण समयमा विदेशबाट ल्याउन सकेको छैन।
चिनियाँ ठेकेदारले इन्भटर, कन्भर बेल्ट तथा रन-वे लाइटका लागि आवश्यक उपकरण नगद समस्यकै कारण समयमा ल्याउन नसकेको स्रोतका भनाइ छ। सम्झौतामा उपकरण जडानमा खर्च हुने रकम उपकरण नेपाल ल्याउँदै जडान नगरेसम्म भुक्तानी दिने नसकिने व्यवस्थाका ठेकेदार समस्यामा परेको स्रोतको भनाइ छ।
उपकर जडानमा मात्रै ठेकेदारको २ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। नगद अभावकै कारण चिनियाँ ठेकेदारले भारतको चेन्जाइमा बनेर कसेको उपकरण समेत ल्याउन नसकेको स्रोतको भनाइ छ। योसँगै ठेकेदारले विभिन्न कम्पनीसँग सामान खरिद गरेको रकम समेत भुक्तानी गर्न सकेको छैन।
स्रोतका अनुसार चिनियाँ ठेकेदारले सहायक ठेकेदारको मात्रै आधा अर्ब रकम भुक्तानी गर्न सकेको छैनन। जसका कारण पनि काममा केही समस्या आएको स्रोतको भनाइ छ।
सरकारले चिनियाँ ठेकेदारसँग ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी–जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।
सञ्चार उपकरण जडानको लागि पनि समय थपिँदै
आइसबी जिरो १ सँगै आइसीबी जिरो २ अन्तर्गतको विमानस्थल सञ्चालनमा लागि जोडिकने सञ्चार उपकरणको जडानको लागि पनि केही समय थप हुने भएको छ। सञ्चार उपरकण जडान जनवरी भित्रै गरिसक्नु भए पनि समयमै काम नसकिने भएपनि दुवै कामको एकै पटक समय थपको तयारी भएको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।